Thu. Apr 25th, 2024

हिम्मतवाली चलचित्र निर्माण गरेपछि नपाउनु चर्चा बटुलेकी नायिका रेखा थापाले अभिनय गरेको अर्को नयाँ चलचित्र तथास्तुको फष्टलुक पोष्टर रिलिज भएको छ । रेखालाई नै प्राथमिकतामा राख्दै सार्वजनिक भएको पोष्टरमा रेखा निकै धमकेदार दृश्यमा देखिएकी छिन् । प्रत्यक चलचित्रमा केहि फरक देखिन माहिर मानिने रेखा चलचित्र तथास्तुमा पनि केहि फरक भुमिकामा रेखा देखिइने चलचित्रका निर्माता तथा निर्देशक सबिर श्रेष्ठलेब बताए ।

tathastuरेखाले अभिनय रहेको प्रत्यक चलचित्र दर्शकले अत्याधिक मन पराउने भएका कारण यस चलचित्रले पनि दर्शकको राम्रो साथ पाउँने विस्वास निर्माण पक्षले लिएको छ । निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको चलचित्र तथास्तु नारीप्रधान कथा रहेको बताइएको छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र तथास्तु सगँ गोविन्द शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाष एक साथ रिलिज हुदैं छ । चलचित्रमा रेखाको अलवा किशोर खतिवडा, सुवास थापा, विज्ञान जोशी लगायतले अभिनय गरेका छन् । काठमाडौं, कालिञ्चोकमा सुटिङ गरिएको चलतित्र तथास्तु सविर श्रेष्ठले नै निर्माण गरेका हुन् । चलचित्रलाई जगदिश्वर थापाले लेखेका हुन् ।

%d bloggers like this: