Fri. Mar 29th, 2024

katrina-ranbir-7बलिउडमा धेरैको प्रेम सम्बन्धका विषयमा धेरै थरीका कुरा आए तर बलिउडमा यतिको चर्चा र परिचर्चा कुनै पनि प्रेम सम्बन्धका विषयमा भएन । केहि बर्ष देखी यि एक जोडीको प्रेम सम्बन्धले बारम्बार चर्चा पाउने गरेको छ । ति जोडी हुन रणवीर कपुर र कैटरीना कैफ । रणवीर कपूर र कट्रीना कैफबीचको सम्बन्धको बारेमा सबैलाई थाहा छ । यी दुबै बलिउड स्टर लामो समयदेखि प्रेम सम्बन्धमा छन् । पछिल्लो केही समययतासँगै बस्दै आएको यो जोडी नयाँ घर खोजेर त्यहीँ सिफ्ट हुने तयारीमा रहेको खबर सार्वजनिक भएको छ । भारतीय मिडियाहरुका अनुसार कार्टर रोडमा उनीहरुका लागि नयाँ घरको व्यवस्था गरिएको छ । सो घरमा अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ । यस घरलाई भारतकै सबैभन्दा स्टायलिस घरको रुपमा हेरिएको आजतकको अनलाईन संस्करणले खबर लेखेको छ । यो घरमा सिफ्ट भएपछि रणवीर र कट्रीनाले वार्मिङ पार्टीसमेत आयोजना गर्ने तयारी थालेको उनीहरु निकट स्रोतको दावी छ ।

%d bloggers like this: