Thu. Apr 25th, 2024

बलिउड कलाकारहरु चलचित्रमा बोल्ड सिन दिन कुनै पनि असहज महशुस गदैनन् । अझ भनौ भर्खरै बलिउडमा करियर बनाउन आएका नायिकाहरु त चलचित्रले जस्तो दृश्य मागेपनि दिन तयार हुन्छन् । जस कारणले बलिउडक्षेत्र पछिल्लो समयमा केहि भल्गर हुन थालेको । बलिउडमा एक पछि अर्को गर्दै परिवार सगँ बसेर हेर्न लायकका चलचित्रहरु बन्न छोडिसकेका छन् ।

ssचलचित्रमा चुम्बन दृश्य रहनु सामान्यनै भइसकेको छ तर अब चाडैं प्रदर्शनमा यस्तो बलिउड चलचित्र आउदै छ जुन चलचित्रले संसारमा धुम मच्चाउने धेरैले अडक काटेका छन् । बलिउडमा अहिले सम्मकै चलचित्रमा देखिएको चुम्बन दृश्य भन्दा लामो चुम्बन दृश्य देख्न पाइने भएको छ । बलिउडमा सबैभन्दा लामो ‘चुम्बन अर्थात किसिङग सिन’ भएको चलचित्र आउन लागेको छ । दिवाकर बनर्जीले निर्देशन गरेको ‘डिटेक्टिभ व्योमकेश बख्सी’ नामक चलचित्रमा नायक सुशान्त सिंह राजपुत र नायिका स्वस्तिका मुखर्जीले लामो चुम्बन गरेका हुन् । सन् १९४० को कोलकत्ताको पृष्ठभूमिमा आधारित सो चलचित्रमा दर्शकलाई केहि नयाँपन देखाउनका लागि किसिङग सिन राखिएको निर्देशक बनर्जीले प्रष्ट पारे ।

%d bloggers like this: