Thu. Apr 18th, 2024

नेपाली चलचित्रक्षेत्रमा करिब २०० भन्दा बढि चलचित्रमा अभिनय गरेर दर्जनौ सफल चलचित्र नेपाली दर्शक माझ पस्किसकेकी नायिका रेखा थापाले नेपाली चलचित्रक्षेत्रमा धेरै नायक भित्राएकी छिन् । त्यहि क्रममा फुलपातीका दिन देखी देशभर प्रदर्शनमा आएको चलचित्र हिम्मतवालीबाट पनि रेखाले चलचित्रक्षेत्रमा एउटा अर्का कलाकार फेरी भित्राएकी छिन् । दुवै हात नभएका तर विभिन्न कामबाट गिनिजबुक देखी विश्व रेकर्ड समेत बनाउन सफल सुदर्शन गौतमलाई नायिका रेखा थापाले चलचित्र हिम्मतवालीमा नायकका रुपमा देखाइन् । त्यो रेखाको सबै भन्दा साहासी काम थिए । दुवै हात नभएका सुदर्शनलाई पर्दामा देखाउनु जस्तो चुनौती रेखालाई अरु केहि थिएन,अझ सोहि चलचित्रलाई आफैंले निर्देशन गर्ने जिम्मा पाएँ पछि भने उनलाई पात्रलाई चलचित्रको भुमिकामा नचाउन देखी आफैं चलचित्रमा अभिनय गर्न धेरै मुस्किल थियो ।

sudarsan and rekhaतर रेखाको उक्त दुख खुसीमा बद्लियो,किनकी चलचित्रले यति बेला सम्म ४ करोड भन्दा माथिको व्यापार गरिसकेको छ । अहिले पनि उनको चलचित्र प्रदर्शनरत छ । बेला बेलामा चर्चामा आउन माहिर मानिने रेखाले जब नयाँ नायक चलचित्र हिम्मतवालीबाट चलचित्रक्षेत्रमा भित्राइन तब देखी रेखा र सुदर्शन विचको सम्बन्धका विषयमा धेरै कुरा चल्न थालेको छ । तर उनीहरुले उक्त कुरालाई अहिले सम्म वास्त गरेको भने पाइएको छैन् । तर चलचित्र हेरेपछि आम दर्शकले भने एउटै कुरा भनिरहे रेखा र सुदर्शनलाई-‘अब तपाईहरु विहे गर्नुहोस ।’ चलचित्रमा रेखा र सुदर्शनको भुमिका तारिफ गर्न योग्य देखिन्थो,त्यसैले पनि दर्शकले रेखा र सुदर्शनको विहे भएको हेर्न चाहान्छन् । सामाजिक सञ्जालहरुमा उन को फिल्म हिम्मतवालीका नायक सुदर्शन गौतमसँगको अफेयरको चर्चा चुलिँदै आएको छ । नायिका रेखा र सुदर्शन प्रायः सँगै देखिन्छन् । अहिले पनि उनीहरुको प्राय भेट भइरहने बताइन्छ । के दर्शकले खोजेको कुरा अब रेखा र सुदर्शनले पुराउलान त ? यो भने भोलीको दिनले नै देखाउला । तर जे होस दुवै जना एक्लै भएका कारण पनि यो कुरा असम्भब भने छैन् ।

%d bloggers like this: