Fri. Mar 29th, 2024

बलिउडका बादशाह शाहरुख खानका फ्यान कति होलान संसाभर ?…….असंख्य । उनका फ्यान बच्चा,वृद्ध,जवान सबै उनका फ्यान हुन् । उनका फ्यान संसारका कुना कुनामा छन् । त्यसैले उनका प्रत्यक फिल्मले बलिउडमा उच्च व्यापार गरेका हुनछन । उनको नाम मात्रले पनि चलचित्रको व्यापार आक्रमक हुने गर्छ । त्यहि फ्यानहरुको भिडमा भारतकी एक युवतीले शाहरुख खानको फिल्म हैप्पी न्यू ईयर हेर्न नपाउदाँ  एसिड पिएकी छिन् ।

saharukयो कुरा सुन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ तर यो सत्यता हो । भारतको मध्य प्रदेशको शिवपुरी जिल्लामा बसोबास गर्दै आएकी नेहा सेनले साहरुख खानको फिल्म हेर्न नपाउँदा एसिड पिएकी हुन् । उनका पती विशाल सेन एक्लै फिल्म हेर्न हल पुगेका थिए । हलमा दर्शकको निक्कै भिड भएपछि विशालले पत्नीलाई नलगेको बताए । नेहालाई नजिकैको एक अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई ग्वालियरमा रिफर गरिएको छ । उनको अवस्था नाजुक रहेको बताइन्छ । यसरी करोडौं फ्यानहरुकै मायाले शाहरुख खान अभिनित चलचित्र हैप्पी न्यू ईयरले प्रदर्शनमा आएको ५ दिनमा २०० करोड पार गरेको छ । यो व्यापार बलिउड बक्स अफिसमा अहिले सम्मकै उच्च हो ।

%d bloggers like this: