Thu. Apr 25th, 2024

27कात्तिक १४ अर्थात भोली देखी देशभर प्रदर्शनको तयारीमा रहेको सञ्चारकर्मी लक्ष्मण सुवेदीद्धारा निर्देशित फिल्म एउटा साथीको र्शीष गीत रिलिज भएको छ । आज युटुब मार्फत चलचित्र युनिटले यो मायाले हर कुरा लाईदिन्छ साईड नामक गीत रिलिज गरेको छ । गीतमा चलचित्रमा अभिनय गरेका सम्पुर्ण कलाकारहरु देखिएका छन् । फिल्ममा सलोन बस्नेत,अनु शाह , रिश्ता बस्नेत , जोन तामाङ , करिष्मा श्रेष्ठ , शिशिर भण्डारी लगायतको अभिनय रहेको छ । रोमान्टी लबस्टोरीमा कमेडी कथामा निर्मित यस चलचित्रले युवाहरुको बिषय उठाउन खोजेको छ । रामचन्द्र खनाल निर्माता रहेको चलचित्रमा टंक बुढाथोकीको संगीत, रामजी लामिछाने र गम्भीर विष्टको नृत्य , राजेन्द्र खड्गीको द्वन्द्व र सुमन तण्डुकार तथा गणेशकुमार श्रेष्ठको छायांकन छ । चलचित्र सुसिल पंगेनीले लेखेका हुन् भने पंगेनीले चलचित्रमा मुख्य सहायकको जिम्बेवारी समेत पुरा गरेका छन् । त्यस्तै चलचित्र सेन्सर बोर्डले चलचित्र एउटा साथीलाई युनिभर्सल सटिफिकेट दिएको छ । बुधबार साझ भएको चलचित्रको सेन्सरमा सेन्सर बोडले चलचित्र हेरेपछि यो सर्टिफिकेट दिएको हो ।
भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=t2nIDZIy3EA

%d bloggers like this: