Fri. Apr 26th, 2024

चलचित्रको प्रदर्शन मिति नजिकदैं जादाँ निर्माताहरुलाई एउटा ठुलो डर हुने गर्छ कतै चलचित्रले राम्रो व्यापार नगर्ने पो हो कि भन्ने । त्यसैले पनि सार्वजनिक गरेको चलचित्रको प्रदर्शन मिति भन्दा केहि तल माथी सारी चलचित्र प्रदर्शन गर्ने गरेका छन् । अनि केहि प्राविधि समस्याका कारण चलचित्रको प्रदर्शन मिति सार्नु परेको निर्माताहरु नै बताउछन् । त्यस्तै भएको छ चलचित्र आवेग । फागुन १५ गते अलनेपाल रिलिजको तयारीमा रहेको बेला चलचित्र युनिटले हिजो आफ्नो प्रदर्शन मिति तल झारेर फागुन ८ गते पुर्याएको छ ।

abegकेहि प्राविधिक समस्या देखाउदैं चलचित्र युनिटले फागुन ८ गते चलचित्र प्रदर्शन गर्न लागेको बताइएको छ । सूर्य कार्कीको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘आवेग’लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । आर्यन सिग्देल, ध्रुव दत्त, पवित्रा आचार्य र अर्चना डेलाला लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । यमन म्यूजिक र वी।एन। फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्र आवेगमा धन सिंह केसी र राजेन्द्र घिमिरे पनि निर्माता रहेका छन् । चलचित्रमा अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन छ ।

%d bloggers like this: