Fri. Apr 26th, 2024

पहिलो चलचित्र अन्तरालबाट राम्रो चर्चा कमाउन सफल महिला निर्देशक दिपा बस्नेतले निर्देशन गरेको पछिल्लो चलचित्र श्री ५ अम्बरे यति बेला चर्चामा छ । चलचित्रको ट्रेलर र गीत,संगीतका कारण पनि चलचित्र श्री ५ अम्बरे प्राय सबै दर्शकको मनमा बस्दै गइरहेको चलचित्रकी निर्देशक दिपा बस्नेतले बताइन् । चलचित्रको प्रदर्शन मिति नजिकर्दै जादाँ श्री ५ अम्बरे युनिटले आफ्नो प्रचार प्रसारलाई तिव्रता दिदैं आएको छ । अब चलचित्र श्री ५ अम्बरे नेपालमा मात्र होइन अमेरिकाको २१ शहरमा एक साथ प्रदर्शन हुने भएको छ । नेपालमा चलचित्र श्री ५ अम्बरे लाई डिजिटल सिनेमा नेपाल (dcn) ले वितरणको जिम्मा लिएको छ । श्री ५ अम्बरे नेपालभर ५५ चलचित्र भवनमा प्रदर्शन हुने (dcn) का बजार व्यवस्थापक दिपक दंगालले जानकारी दिए । श्री ५ अम्बरे राम्रो चलचित्र भएकै कारण वितरणको जिम्मा हामीले लिएका हौ भन्ने दंगालको दावी छ । मंसिर ५ मा नै श्री ५ अम्बरे अमेरिका को २१ राज्यमा एकै साथ प्रदर्शन हुने जानकारी निर्माण पक्षले दिएको छ ।
shree5ambareअमेरिकामा बस्दै आईरहेका नेपाली चलचित्र प्रेमीहरुले पनी सोही मितीमा नै चलचित्र लाई हेर्न पाउने छन । चलचित्र लाई अमेरिकामा नेपाल ११ ईन्टरटेन्मेन्ट ले वितरण गर्नेछ । यो चलचित्र एक सफल चलचित्र सावित हुने कुरा नेपाल ११ का कार्यकारी निर्देशक प्रतिक सुवेदी ले बताए । जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रको सम्पुर्ण पोष्ट प्रोडक्सनको कार्य सकिएको छ । यस चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । चलचित्रको गीतलाइ शिव परियार, यम बुद्ध, मिलन अमात्य, प्रह्लाद तिमल्सेना, सरिता वली, सनुप पौडेल र रत्न सुब्बा आदीले स्वर भरेका छन् । चलचित्रमा पाश्र्व संगीत विनोद कुमार भुजेलको रहेको छ भने विनय अधिकारीले साउण्ड डिजाइन गरेका छन् । चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन । टि.एन.आचार्य र दिपक आचार्य निर्माता रहेका छन ।

%d bloggers like this: