Thu. Mar 28th, 2024

चितवनको माडीमा बोक्सीको आरोप लगाउर्दै करिब दुई बर्ष अगाडी ज्युदै जलाइएकी महिला ढेगनीदेवीको जीवनमा आधारित भएर निर्माण भइरहेको चलचित्र रक्तभोगको छायांकन अन्तिम चरणमा पुगेको छ । चितवनको माडीमा छायांकन भइरहेको चलचित्र रक्तभोगको करिब ८० प्रतिशत छायांकन सकिएको चलचित्रका कार्यकारी निर्माता कृष्णाराज तिवारीले बताए । अब चितवनको माडीमा सबै छायांकन सकाएर बाँकी अब काठमाडौंमा चलचित्रको छायांकन गरिने निर्माता तिवारीले बताए । समाजमा घटिरहेका यथार्थ घटनामा आधारित भएर चलचित्र निर्माण गरेका कारण चलचित्रले आम दर्शकको मनमुटु छुने निर्देशक विवि फुयालले बताएका छन् । चलचित्रले नेपाली समाजमा केहि परिवर्तन र केहि सन्देश दिने बताउदै चलचित्र रक्तभोग वास्तविक घटनामा आधारित भएर निर्माण भएका कारण चलचित्र अरु चलचित्र भन्दा पृथक रहेको निर्देशक फुयालले बताए ।

rakbhog 3त्यस्तै चलचित्रका छायांकार पवन गौतमले हाल नेपाली समाजमा घटिरहेका घटनालाई चलचित्र रकतभोगले उठाउन खोजेको बताउदै गौतमले चलचित्रले नेपालीसमाजमा सकारात्मक सन्देश प्रभाह गर्ने बताए । अन्धविस्वास,विकृति,कुरीतालाई अंगालेर बसेका मानिसहरुको विकृति मानसिकतालाई चिरफार गरी समाजीक जनचेतना जगाउदै शान्ति,सभ्य सम्वद्ध अनी भयमुक्त समाजको निर्माण गर्नु हाम्रो सिनेमाको प्रमुख लक्ष्य रहेको चलचित्रका कार्यकारी निर्माता कृष्णाराज तिवारीले बताए । त्यस्तै चलचित्रकी नायिका शारिका घिमिरेले आफुले अभिनय गरेको चलचित्रहरु भन्दा चलचित्र रकतभोग पृथक रहेको बताउदै उक्त चलचित्रले नेपाली समाजमा राम्रो सन्देश दिने बताइन् । यो चलचित्र प्रत्येक मानिसलले हेर्नु पर्ने बनेको बताउदै नायिका शारिकाले चलचित्र रकतभोगले बाल मनोवैज्ञानिक असरलाई पनि देखाएको बताइन् । अब चलचित्रको बाँकी छायांकन काठमाडौंमा हुने चलचित्र युनिटले बताएको छ । चलचित्रमा शारिका घिमिरे,शैलेस पौडेल,कृष्णाराज तिवारी,ज्योति सापकोटा,रचना पौडेल,रामचन्द्र लम्साल,रवि खनाल,पोद राज पौडेल आदीको अभिनय रहेको छ ।

%d bloggers like this: