Fri. Apr 26th, 2024

पहिलो चलचित्र अन्तरालबाट राम्रो तारिफ र चर्चा कमाएकी महिला निर्देशक दिपा बस्नेतले निर्देशन गरेको चलचित्र श्री ५ अम्बरेले आफ्नो प्रचार प्रसारलाई व्यापक्ता दिएको छ । त्यहि क्रममा चलचित्र युनिटले आफ्नो प्रचार प्रसारका लागी तिहारमा देउसी भैला समेत खेलेको थियो । चलचित्रलाई आम दर्शकको आखाँमा पार्नका लागी चलचित्र श्री ५ अम्बरे युनिटले अर्को तरिकाको प्रचार प्रसारको थालनी गरेको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हाँस्य टेलिसिरियल भद्रगोलका कलाकारलाई लिएर चलचित्र श्री ५ अम्बरे युनिटले ३६ सेकेण्डको टिभीसी तयार पारेको छ ।

shree-panch-ambareजिवनसाथी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र श्री ५ अम्बरेलाई यति बेला बुहुप्रतिक्षित फिल्मको रुपमा लिइन थालिएको छ । चलचित्रमा चर्चित कलाकारहरु भएका कारण पनि चलचित्रले सुस्ताइरहेको चलचित्र बजारलाई माथि उठाउन मद्त पुग्ने चलचित्रका निर्माता टि.एन.आचार्यले बताए । चलचित्र ‘श्री ५ अम्बरे’ले समाजमा रहेको राजा बन्न चाहने एक पात्रको कथामा चलचित्र बोल्ने बताइएको छ । चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गोदाइली लगायतले अभिनय रहेको छ । टि.एन.आचार्य र दिपक आचार्य ले चलचित्रमा लगानी गरेका छन् । यति बेला नेपाली बजारमा चलचित्रको ट्रेलरले र चलचित्रको एउटा र्शीष गीत ‘जब सपनीमा’ बोलको गीले राम्रै चर्चा कमाउदै गएको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=-OD4ZjIIJ10

%d bloggers like this: