Thu. Apr 25th, 2024

कात्तिक ७ गते देखी अलनेपाल रिलिज भएको बहुप्रतिक्षित नेपाली फिल्म लज्जाले यति बेला कलिउड बक्स अफिसमा धमका मच्चाइरहेको छ । प्रदर्शनमा आएको ५ दिनमा दर्शकको भिड चलचित्रहलहरुमा अत्याधिक देखिएको छ । बलिउड चलचित्र हैप्पी न्यू ईयर र नेपाली चलचित्र स्टूपिड मन सगँ प्रतिस्पर्दा गर्दै हलहरुमा एक साथ प्रदर्शन भएको चलचित्र लज्जाले चलचित्रहलहरुमा राम्रो दर्शक भित्राइरहेको छ । राजधानीमा मात्र होइन मोफसलमा पनि लज्जाले प्रत्येक हलमा हासफुल व्यापार गरिरहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझाले बताए ।

lazzaराजधानीका १० वटा पर्दामा र मोफसलमा ५३ वटा पर्दामा एक साथ प्रदर्शनमा आएको चलचित्र लज्जाको कथा वस्तुलाई चलचित्र हेर्न आएका दर्शकले निकै मन पराका छन् । प्रदर्शनको चार दिने यात्रामा चलचित्र लज्जाले ८० लाख भन्दा माथिको व्यापार गरिसकेको बताइएको छ । धनी र गरिब परिवार भित्रको भिन्नता र त्यसले पैदा गर्ने अनेकन समस्या तथा नारी संवेदनालाई चलचित्रले पर्दामा देखाउन खोजेको छ । शिल्पा पोखरेल,आर्यन सिग्देल , मिथिला शर्मा , किरण केसी , हिउवाला गौतम र कमलमणि नेपाल लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

%d bloggers like this: