Fri. Apr 19th, 2024

कात्तिक ७ गते देखी अलनेपाल रिलिज भएको चलचित्र लज्जा युनिटले आज केहि पत्रकार र केहि चलचित्रकर्मी माझ चलचित्र लज्जाको प्रेस शो गरेको छ । ललितपुरको गुण सिनेमा हलमा सिनेमाको प्रेस शो हेरेपछि सबैले चलचित्रको तारिफ गरेका छन् । चलचित्र हेर्न आर्यन सिग्देल,शिल्पा पोखरेल,छविराज ओझा सर्गै चलचित्रको जम्बो युनिटनै पुगेको थियो । स्टूपिड मन सगै एक साथ प्रदर्शन आरम्भ गरेको चलचित्र लज्जाले यति बेला प्रत्येक हलमा आक्रमक व्यापार गरिरहेको छ । लज्जाले तीन दिनमा ७८ लाख ५० हजारको आक्रमक कलेक्सन गरेको छ ।

chabi-silpa-ana-aaryanशुक्रवार देखि प्रर्दशन भएको लज्जाले राजधानीका ११ वटा पर्दाबाट ४१ लाख ५० हजारको ब्यापार गरेको छ भने मोफसलका ५३ पर्दाबाट ३७ लाखको ब्यापार गरेको छ । चलचित्रको कथा वस्तुलाई दर्शकले निकै मन पराएका छन् । चलचित्रले राम्रै सगँ लगानी उठाउनेमा चलचित्रका कार्यकारी निर्माता छविराज ओझा विस्वस्त देखिएका छन् । गुण सिनेमा ग्वार्कोमा आयोजित प्रेस शोमा शिल्पाले फिल्म हेर्दै गर्दा आँशु समेत झारिन भने आर्यनले फिल्मको पात्र आफूमा सधै खोज्ने तर्क गर्दै निर्देशकको प्रशंशा गरेका छन् । लज्जा हेर्न आउने दर्शकहरु आत्याधिक भएका चलचित्र हल सञ्चालकहरुले बताएका छन् । हल सञ्चालकका अनुसार क्षमता भन्दा पनि बढि दर्शक राखेर हलहरुमा दर्शक भित्राइरहेको बताएका छन् ।

l1धनी र गरिब परिवार भित्रको भिन्नता र त्यसले पैदा गर्ने अनेकन समस्या तथा नारी संवेदनालाई चलचित्रले पर्दामा देखाउन खोजेको छ । शिल्पा पोखरेल,आर्यन सिग्देल , मिथिला शर्मा , किरण केसी , हिउवाला गौतम र कमलमणि नेपाल लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । एउटा महिला घरबाट अफिस जान देखी अफिसबाट घर आउदाँ सम्मको घटनालाई चलचित्र लज्जाले प्रस्तुत गरेको बताउदै शिल्पाले चलचित्रले समग्र रुपमा नेपाली समाजमा घटेका घटनाको लाज बोकेको बताएकी छिन् ।

%d bloggers like this: