Wed. Apr 24th, 2024

infa-in4आइतबार यन लङ थियटर हल हङकङमा इन्फा अवार्ड सम्पन्न भएको छ । इन्टरनेशल नेपाली फिल्म एकेडमीको आयोजनमा पहिलोपटक हङकङमा इन्फा अवार्ड सम्पन्न भएको हो । उक्त इन्फा अवार्डमा चलचित्र नाईँ नभन्नू ल २ ले ८ वटा विधाको अवार्ड हात पारेको छ । उत्कृष्ट फिल्म,निर्देशक,कथाकार,सहअभिनेता,सहअभिनेत्री,संगीतकार,गीतकार,गायक गरि चलचित्र नाईँ नभन्नू ल २ ले ८ विधामा अवार्ड हात पारेको छ । इन्फा अवार्ड नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्थानीय बिकाशमन्त्री प्रकाशमानसिंहले उद्घाटन र अवार्ड वितरण गरेका थिए । इन्फा अवार्ड आयोजक समितिले नेपाली फिल्म क्षेत्रमा बिशेष योगदान पुर्‍याएवापत निर्माता उद्धव पौडेललाई पाँच लाख रुपैयाँसहित लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको थियो भने शिव श्रेष्ठ (सर्वश्रेष्ठ नायक), भुवन केसी (अभिनय तारा), विजय लामा (सुपर हिरो), गौरी मल्ल (कला प्रतिमूर्ति), स्पेसल रिकग्निसन अवार्ड-अविनाश गुरुङलाई नामबाट अवार्ड वितरण गरिएको थियो । इन्फा अवार्डले सगरमाथा आरोहरण गरेका निशा अधिकारी र अर्जुन कार्कीलाई विशेष सम्मान प्रदान गरेको थियो । कार्यक्रममा हाँस्य कलाकार,गायक ,गायिका तथा नायक नायिकाहरुले आफ्नो प्रस्तुती देखाएका थिए ।

MG_0409-copyकसले लगे इन्फा अवार्ड-(विजेताहरुको नामावली)

उत्कृष्ट फिल्मः नाइँ नभन्नू ल-२
निर्देशकः विकास आचार्य, नाइँ नभन्नू ल-२
अभिनेताः आर्यन सिग्देल, महसुस
अभिनेत्रीः नम्रता श्रेष्ठ, मौन
पटकथाः सुरज सुब्बा नाल्बो, बितेका पल
कथाः नवीन गौली, सुरज भुसाल, मौन
सहअभिनेताः सुरजसिंह ठकुरी, नाइँ नभन्नू ल-२
सहअभिनेत्रीः प्रियंका कार्की, नाइँ नभन्नू ल(२
खलअभिनयः झरना थापा, कोही त छ
हास्यअभिनयः सीताराम कट्टेल, ६ एकान ६
संगीतकारः वसन्त सापकोटा, नाइँ नभन्नू ल-२
गीतकार: कृष्णहरि बराल, नाइँ नभन्नू ल-२
गायक: प्रेम परियार, नाइँ नभन्नू ल-२
गायिका : मिलन अमात्य, काली
नृत्य : कविराज गहतराज, काली
नवअभिनेता : अनमोल केसी, होस्टेल
नवअभिनेत्री : सुजाता कोइराला, मञ्जरी
छायांकन : पुरुषोत्तम प्रधान, ढुवानी
सम्पादन : अनन्जय खड्का, साँघुरो
द्वन्द्व निर्देशन : राजेन्द्र खड्गी, नथिङ इम्पोसिबल
फ्रेस फेस अवार्ड : मलिना जोशी, ऋतु
मस्ट पपुलर एक्टर : दयाहाङ राई
मस्ट पपुलर एक्ट्रेस : प्रियंका कार्की
उत्कृष्ट कथाकार – विकाश आचार्य

%d bloggers like this: