Fri. Apr 26th, 2024

नायक आर्यन सिग्देलको बेजोड एक्शन भुमिका रहेको चलचित्र आवेगको पहिलो र्शीष गीत रिलिज भएको छ । ‘सोल्टीले नाचेको लास्ट राम्रो’ नामक बोलको गीत चलचित्र युनिटले सार्वजनिक गरेको हो । गीतमा अर्चना डेलाला,पवित्रा आचार्य,नायक आर्यन सिग्देल र ध्रुव दत्तको निकै आर्कश्षक अभिनय देख्न सकिन्छ ।

aabigगीतमा दुई हिरोइनलाई हट दृश्यमा समेत देखाइएको छ । सार्वजनिक गीतमा टंक बुढाथोकीको संगीत, सूर्य कार्कीको शब्द छ । गीतमा संगीतकार बुढाथोकी र मनिषा पोख्रेलले स्वर दिएका छन् । सूर्य कार्कीको प्रस्तुतीमा निर्माण भएको चलचित्र आवेगलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । आर्यन सिग्देल, ध्रुव दत्त, पवित्रा आचार्य र अर्चना डेलाला लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । आज सार्वजनिक चलचित्र आवेगको गीतलार्य आम दर्शक,स्रोताले मन पराउनेमा निर्माता सूर्य कार्की आशावादी देखिएका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

http://www.youtube.com/watch?v=WrdHkIBOXGQ

%d bloggers like this: