Fri. Apr 26th, 2024

कात्तिक ७ गते देखी अलनेपाल रिलिज भएको चलचित्र लज्जाले यति बेला प्रत्येक हलहरुमा आक्रमक व्यापार गरिरहेको छ । बलिउडका सुपरस्टर शाहरुख खानको फिल्म हैप्पी न्यू ईयर र नेपाली चलचित्र स्टूपिड मन सगँ प्रतिस्पर्दा गर्दै हलहरुमा प्रदर्शन भएको चलचित्र लज्जा अहिले काठमाडौंका ११ वटा हलमा र उपत्यका बाहिर ५३ वटाहलहरुमा एक साथ चलचित्र लज्जा प्रदर्शन भइरहेको छ । चलचित्रलाई आम दर्शकले निकै रुचाइएको पाइएको छ । चलचित्रको कथा वस्तुलाई हरक दर्शकले तारिफ गरेका छन् । क्षमता भन्दा पनि बढि दर्शक राखेर हलहरुमा दर्शक भित्राइरहेको हल सञ्चालकले बताएका छन् ।

lazzaचलचित्रले यति बेला प्रत्येक दर्शकको मनमुटु छोएको चलचित्रका कार्यकारी निर्माता छविराज ओझाले बताए । धनी र गरिब परिवार भित्रको भिन्नता र त्यसले पैदा गर्ने अनेकन समस्या तथा नारी संवेदनालाई दर्शकले मन पराएका चलचित्रका निर्देशक नवल नेपालले बताए । फिल्ममा आर्यन सिग्देल र शिल्पा पोखरेलको मुख्य भूमिका छ । शिल्पा पोखरेल,आर्यन सिग्देल , मिथिला शर्मा , किरण केसी , हिउवाला गौतम र कमलमणि नेपाल लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । एउटा महिला घरबाट अफिस जान देखी अफिसबाट घर आउदाँ सम्मको घटनालाई चलचित्र लज्जाले प्रस्तुत गरेको बताउदै शिल्पाले चलचित्रले समग्र रुपमा नेपाली समाजमा घटेका घटनाको लाज बोकेको बताएकी छिन् ।

%d bloggers like this: