Fri. Apr 26th, 2024

michael-jackson-sweaterतपाईलाई अचम्म लाग्न सक्छ,कोहि मान्छे मोरेपछि पनि पैसा कमाउन सक्छ भन्ने तर तपाई त्यो कुरा अचम्म लागे पनि यो बास्तविकता हो । माइकल ज्याक्सनको सन २०१४ को कमाइ १४० मिलियन डलर पुगेको छ । यति कमाई कैयन जिउँदा कलाकरलेसमेत गर्न सकेका छैनन् । मृत्यु पश्चात पनि यस साल ज्याक्सनको दोस्रो एल्बम एक्सकेप रिलिज भयो । जुन चार्ट्समा दोस्रो स्थानमा रहन सफल भयो । फोर्ब्सका अनुसार एल्विस प्रेस ५५ मिलयन डलर कमाउँदै ‘टप अर्निङ डेड सेलिब्रेटी २०१४’का दोस्रो स्थानमा रहे । चार्ली ब्राउन तथा स्नूपीजस्ता चर्चित काटून बनाएका कार्टूनिष्ट साल्र्स शूल्ज ४० मिलियन डलरका साथ सूचीको तेस्रो स्थानमा रहे । यस्तै इंग्लीश एक्ट्रेस तथा आफ्नो समयकी ‘सेक्स सिम्बोल’ एलिजावेथ टेलर २५ मिलियन डलर कमाइका साथ सूचीको चौंथो स्थानमा रहन सफल भइन् । उनको अधिकतम कमाई बेस्ट सेलर परफ्युम तथा पूरानो फिल्मबाट भएको छ । यस्तै २० मिलियन डलर कमाएर बब मार्ले सूचीको पाँचौं स्थानमा रहन सफल भएका छन् ।

%d bloggers like this: