Fri. Mar 29th, 2024

salonसलोन फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र झिल्के लक्ष्मी पुजाको दिन देखी छायांकन सुरु भएको छ । लक्ष्मी पुजालाई आफ्नो साइत बनाएर चलचित्रलाई शोभित बस्नेतलले निर्देशन गरिरहेका छन् । चलचित्रमा सलोन बस्नेत ,करिश्मा श्रेष्ठ ,गौरी मल्ल, बिजय लामा ,कविता घिसिङ्ग ,भानु प्रताप, एलिना लगायतको कलाकारको मुख्य अभिनय रहने छ । काठमाण्डौ , बिरगंज ,लम्जुङ्गको घले गाँउ जस्ता स्थानमा छायांकन गरिने चलचित्र झिल्केमा रामजी लामिछानेको नूत्य ,टंक बुढाथोकिको संगीत ,कृष्ण श्रेष्ठको छायांकन ,अस्ट महर्जनको द्धन्द्ध रहने छ । कुल ४० लाखको लगानीमा निर्माण हुन लागेको चलचित्र झिल्के ३० दिने छायांकन पछि फागुनमा प्रदर्शन गर्ने सुरमा रहेको बताइएको छ । चलचित्र झिल्केमा निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत मुख्य भुमिकामा देखिने भएका हुन् । पछिल्लो समय सलोन विभिन्न चलचिभत्रको शिलशिलामा व्यस्त हुदैं आएका नायक हुन् ।

%d bloggers like this: