Wed. Apr 24th, 2024

मंसिर ५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म श्री ५ अम्बरेको जम्बो युनिट नेपालका प्रधानमन्त्री शुशिल कोइरालाको घरमा देउसी भैसो खेल्न पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र श्री ५ अम्बरेको जम्बो युनिट पुगेको थियो । चलचित्रका कलाकार तथा निर्माताहरु प्रधानमन्त्री सुशिल कोइरालाको सामुन्ने देउसी खेलेका थिए । देउसीमा चलचित्र युनिटले चलचित्रका गीत,संगीत सगैं देउसी पनि भट्टयाइएको थियो । करिब २० मिनेट सम्म प्रधानमन्त्री निवारमा चलेको चलचित्र श्री ५ अम्बरेको देसी भैलो कार्यक्रममा देउसी चलेको केहि बेरमा प्रधानमन्त्रीले खाममा पैसा राखी चलचित्रकी निर्देशक दिपा बस्नेतलाई दिएका थिए ।

ambare-deusiनिर्देशक दीपा बस्नेत, निर्माता तथा कलाकार टीएन आचार्य र दीपक आचार्यका साथैं चलचित्रका केहि कलाकारहरु पनि देउसी भैलो कार्यक्रममा सहभागी भएका थिए । समाजमा आफूलाई राजा ठान्ने एक पात्रलाई सिनेमामा देखाउन खोजेको निर्माण यूनिटले प्रधानमन्त्रीको सामुन्ने एक व्यक्तीलाई राजाको स्वरुप पनि दिएका थिए । जीवनसाथी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘श्री ५ अम्बरे’ लाई डिसिएनले वितरणको जिम्मा लिएको छ । ‘श्री ५ अम्बरे’ को शिर्ष भूमिकामा अभिनेता सौगात मल्ल छन्। अभिमन्यू निरवीको लेखन रहेको फिल्ममा सौगातसँगै अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका छ । फिल्म ‘श्री ५ अम्बरे’ मा प्रियंका कार्की, बिक्रम सिंह, सृजना अधिकारी, यमवुद्ध, दिवाज राई, मार्टिन खान, राज गोदाइली लगायतको अभिनय छ ।

%d bloggers like this: