Tue. Apr 23rd, 2024

lazza-final1कात्तिक ७ गते देखी अर्थात शुक्रबारबाट अलनेपाल रिलिज भएको चलचित्र लज्जाले काठमाडौं सगैं भ्याली बाहिर भने उत्साहाजनक व्यापार गरेको छ । भ्याली बाहिर चलचित्र लज्जा हेर्नेको घुईचो लाग्ने गरेको हल सञ्चालकहरुले बताएका छन् । हलको क्षमता भन्दा पनि बडि दर्शक हालेर चलचित्र प्रदर्शन भइरहेको सर्लाही स्थित विष्णा चलचित्र मन्दिरका सञ्चालकले बताए । साथै काठमाडौंमा पनि लज्जाको व्यापार राम्रो भएको चलचित्र लज्जाका कार्यकारी निर्माता छविराज ओझाले बताए । नवल नेपालको निर्देशनमा बनेको फिल्म लज्जालाई दर्शकले रूचाएको समेत पाईएको छ । यो फिल्ममा आर्यन सिग्देल र शिल्पा पोखरेलको मुख्य भूमिका छ । शिल्पा पोखरेल,आर्यन सिग्देल , मिथिला शर्मा , किरण केसी , हिउवाला गौतम र कमलमणि नेपाल लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । उटा महिला घरबाट अफिस जान देखी अफिसबाट घर आउदाँ सम्मको घटनालाई चलचित्र लज्जाले प्रस्तुत गरेको बताउदै शिल्पाले चलचित्रले समग्र रुपमा नेपाली समाजमा घटेका घटनाको लाज बोकेको बताएकी छिन् ।

%d bloggers like this: