Thu. Apr 18th, 2024

8942_768113939923860_7842262405358449925_nशाहरुख खान अभिनित फिल्म ‘ह्याप्पी न्यू इयर’ले पहिलो दिनमा नै बक्स अफिसका सबै रेकर्ड तोडिदिएको छ । दीपिका पादुकोण र शाहरुखको जोडीले फेरि एकपटक दर्शकको मन जित्न सफल भएको छ । ह्याप्पी न्यू इयरले पहिलो शुक्रबार रिलिजको दिन नै ४५ करोड कमाउँदै नयाँ रेकर्ड कायम गरेको हो । रेकर्ड कायम गर्ने क्रममा यस फिल्मले आमिर खानको धूम ३ लाई पछि पार्यो । यसअघि धूम ३ ले पहिलो दिन ३२ करोड कमाउँदै रेकर्ड कायम गरेको थियो । दिपावलीको अवसर पारेर रिलिज भएको यस फिल्म हेर्न हलहरुमा दर्शकको भिड नै लागेको थियो । यअसघि साहरुख र दीपिकालाई नै लिएर ‘मै हुँ ना’ र ओम शान्ति ओम बनाएकी निर्देशक फराह खानले ह्याप्पी न्यू इयरको निर्देशन गरेकी हुन् । हिरा चोर्ने उद्देश्यले डान्स कम्पिटिसनमा सामेल समूहको बारेमा फिल्म घुमेको छ। फिल्ममा अभिषेक बच्चन, ओमन इरानी, सोनु सोदको पनि अभिनय छ ।

%d bloggers like this: