Fri. Apr 26th, 2024

सबैको आशाको केन्द्रविन्दु अर्थात कसैले पनि कल्पना नगरेको चलचित्र लब यू बाबा मंसिर २८ गते देशभर प्रर्दनश हुदैंछ । ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा अहिले सबैको कौतुहल्ताको चलचित्र बनेको छ । एउटा ८ बर्षिय बालकले कसरी चलचित्र निर्देशन गर्न सके भन्ने अहिले सबैको चासोको विषय हो । सोहि चलचित्र लब यू बाबाको र्शीष गीत आज रिलिज भएको छ ।

Captureयुटुब मार्फत आज चलचित्र युनिटले मेरो मुटुको टुक्रा तिमी नामक टाइटल गीत रिलिज गरेको हो । गीतमा गजित विष्ट र संगम बिष्टको मायालाई देखाउन खोजेको छ अर्थात भनौ उनीहरु वास्तविक जीवनमा नै बुबा छोरी हुन् भने चलचित्रमा बुबा र छोरीको मायामा उनीहरुलाई देख्न सकिन्छ । र गीतमा पनि उनीहरुको अटुट मायालाई देखाउन खोजेको छ । गीतमा कृष्ण काफ्ले र आयुष्मा नकर्मीको स्वर रहेको छ भने संगीत दिपक शर्मा रहेको छ । उक्त गीतलाई कोरियोग्राफी गम्भिर विष्टले गरेका छन् । फिल्मले बाउ छोरीको प्रेमकथालाई प्रस्तुत गरेको छ । फिल्मको कथा लेखन सौगातका काका गम्भिर बिष्टको रहेको छ । फिल्ममा गजित र संगमको साथमा निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल लगायतले अभिनय गरेका छन् । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा सत्य–स्वरुप आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत तथा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको छ । यो फिल्मलाई सम्झना पोखरेल र रोशनी बज्राचार्यले मिलेर निर्माण गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=mcHJJddxVd8

%d bloggers like this: