Sat. Apr 20th, 2024

कात्तिक ७ गते अलनेपाल रिलिजको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म लज्जा युनिट यति बेला आफ्नो प्रचारलाई तिव्रता दिदै आएको छ । अब रिलिज हुन १ दिन बाँकी रहदाँ चलचित्र युनिट यति बेला आफ्नो प्रचारलाई व्यापकता दिएको छ । गीत,संगीतको चर्चाबाट निकै उत्साहित बनेको चलचित्र युनिट चलचित्र दर्शकले निकै मन पराउनेमा विस्वस्त देखिएको छ । त्यसैले मनोरञ्जन संसारडटकमसगँ संक्षिप्त कुराकानी गर्दै नायिका शिल्पा पोखरेलले चलचित्र लज्जाले सबैको मनमुटुमा राज गर्ने दावी गरेकी छिन् । उनले भनेकी छिन् म विस्वस्त छु चलचित्र लज्जाले सबैको मनमुटु छुन्छ भन्नेमा किनकी चलचित्रको कथावस्तु निकै बलियो छ ।

lazzaचलचित्र लज्जाले नेपाली समाजको यर्थाथ घटनालाई चित्रण गर्न खोजेको बताउदै अहिले नेपाली समाजमा घटिरहेका घटनालाई चलचित्र लज्जाले मुख्य विषय वस्तु बनाएका कारण एक पटक चलचित्रहलमा गएर चलचित्र गरिदिन पनि शिल्पाले आग्रह गरेकी छिन् । एउटा महिला घरबाट अफिस जान देखी अफिसबाट घर आउदाँ सम्मको घटनालाई चलचित्र लज्जाले प्रस्तुत गरेको बताउदै शिल्पाले चलचित्रले समग्र रुपमा नेपाली समाजमा घटेका घटनाको लाज बोकेको बताइन् । चलचित्र लज्जामा शिल्पा पोखरेल मुख्य भुमिकामा देखिएकी छिन् । छविराज प्रोडक्सनको व्यानरमा नवल नेपालले निर्देशन गरेको चलचित्र लज्जा कात्तिक ७ गते देखी अलनेपाल रिलिज हुदैंछ । शिल्पा पोखरेल,आर्यन सिग्देल , मिथिला शर्मा , किरण केसी , हिउवाला गौतम र कमलमणि नेपाल लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् ।

%d bloggers like this: