Thu. Apr 25th, 2024

मंसिर १९ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र रंग बैजनीको दोस्रो अफिसियल ट्रेलर रिलिज भएको छ । १२ बर्ष पछि निर्देशन कार्यमा र्फकिएका निर्देशन शम्भु प्रधानले निर्देशन गरेको चलचित्र रंग बैजनीको दोस्रो ट्रेलर निकै आर्कश्षक देखिएको छ । ट्रेलरमा नायिका गरिमा पन्त र सुमिना घिमिरे विच खतरनाक टक्कर देख्न सकिन्छ भने नायक दिक्पाल कार्कीले दुवै हिरोइन सगँ माया गरेको दृश्य सार्वजनिक ट्रेलरमा देखाइएको छ ।

Captureचलचित्र रंग बैजनीको दोस्रो ट्रेलर हेर्दा गरिमा पन्त र सुमिना घिमिरेको खतरनाक टक्कर रहेको बुझ्न सकिन्छ । निर्देशक शम्भु प्रधानले चलचित्र रंग बैजनीलाई निकै आशावादी चलचित्रको रुपमा हेरेका छन् । चलचित्रमा नायिका सुमिना घिमिरे,गरिमा पन्त र नायक दिक्पाल कार्कीको त्रिकोणात्मक प्रेमलाई देखाउन खोजिएको छ । पारिवारिक प्रेम कथामा चलचित्र बनेका कारण पनि चलचित्रले दर्शकको मन जित्नेमा निर्देशक प्रधान विस्वस्त देखिएका छन् । चलचित्रलाई नुतन प्रधानले निर्माण गरेकी छिन् । नुतन शम्भु प्रधानका श्रिमती समेत हुन् ।चलचित्रलाई सशांक प्रधानले खिचेका हुन्।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=8-WcviBV2CA

%d bloggers like this: