Thu. Apr 25th, 2024

Shraddha-Kapoor-Ek-Villain-Movie-Still-700x400उनले आफ्नो फिल्ममा छनौट भएपछि नायिकाहरु एकाएक चम्कन्छन् । ऐश्वर्या रायलाई हम दिल दे चुके सनम, देवदास, गुजारिस लगायतका सफल चलचित्रमा अवसर दिएपछि राय चम्किइन् ।  खामोसी मा मनीषा कोइराला, ब्ल्याकमा रानी मुखर्जी, मेरी कोममा प्रियंकाले पाएको अवसर सामान्य अवसर होइन, उनीहरुलाई चम्काउन भन्सालीको अवसरले ठूलो भूमिका खेल्यो । अब दिन आएको छ, श्रद्धा कपुरको । हैदरमा श्रद्धाको अभिनय हेरेपछि प्रभावित भएका भन्सालीले आफ्नो आगामी चलचित्रमा उनलाई लिने चर्चाले बलिउड तातेको छ । उनले फिल्म हेरेपछि श्रद्धालाई भेट्न चाहेको खबर पठाएको सन्दर्भ यतिबेला चर्चामा छ । तर भन्सालीको आँखा श्रद्धामा लागेपछि उनको क्याम्पमा नजिक भएका प्रियंका लगायतलाई पनि तनावको बिउ भएको छ भने अर्कोतिर श्रद्धाको चर्चा चुलिएको छ ।

%d bloggers like this: