Fri. Apr 26th, 2024

maha jodiबहुचर्चित हाँस्य जोडि महजाडी अमेरिकामा अपमानित भएका छन् । महजात्रा देखाउदै हिडेका मह जोडीलाई न्यूयोर्कमा महासंघ प्रतिनिधिले आफूले भनेअनुसारको प्रहसन देखाउन कागजमा दस्तखत गर्न बाध्य बनाएको खुलासा भएको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जनजाति महासंघका अमेरिका शाखाका पदाधिकारीले ‘पहिचान विरोधी’ भन्दै झमेलामा पारेको स्रोतले जनाएको छ । महजात्रामा संघीयता विरोधी र जातीय पहिचान विरोधी व्यंग्य कार्यक्रमहरु समावेश भएको भन्दै जनजाति नेताहरुले मध्यरातमा मह जोडीलाई भेटेर उनीहरुले भने बमोजिम प्रहसन देखाउन दबाब दिएको आयोजक समितिका एक सदस्यले बताए । संघीयता बिरोधी र जातीय पहिचान विरोधी व्यंग्य कार्यक्रमहरु समावेश भएको भन्दै जनजाति नेताहरुले मध्यरातमा मह जोडीलाई भेटेर उनीहरुले तयार पारेको कागजमा सही गराउन लगाइएको बताइएको छ । गत शुक्रवार र आइतवार न्यूयोर्कमा भएको महजात्राको आयोजना रिजउड नेपाली समाजले गरेको थियो । जनजाति महासंघ अमेरिका शाखाका प्रथम उपाध्यक्ष मणी वाङदेल राई र महासचिव मानवहादुर रानासँग मह जोडीले वार्ता गरेर मध्यरातमा उनीहरुले तयार पारेको कागजमा हरिवंश आचार्यले हस्ताक्षर गरेका थिए । विश्वभर प्रहसन गर्दै आएका र नेपालमा सर्वाधिक चर्चा पाउने कलाकार महजोडीले अमेरिकाका १४ राज्यमा समान प्रहसन प्रस्तुत गर्दा डिसीमा भने जनजाति नेताले अपमान गरेका हुन् ।

mahajodi-lai-apaman1मध्यरातमा महजोडीलाई अमेरिकामा रहेका जनजाति महासंघका नेताले गराउन लगाइएको कागज 

%d bloggers like this: