Fri. Mar 29th, 2024

jharna-and-suhaniनायिका झरना थापाकी १८ बर्षिय छोरी सुवानी थापाले आज चलचित्र ‘ए मेरो हजुर २’ को निर्माण घोषणा गरेकी छिन् । हङकङको चारतारे होटल विपि इन्टरनेशनलमा आयोजना भएको सातौं नेफ्टा फिल्मी अवार्डमा झरनाकी छोरी सुवानीले चलचित्र ए मेरो हजुर २ को निर्माण घोषणा गरेकी हुन् । एस।के।प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र ए मेरो हजुर २ मा अनमोल केसी, स्वतन्त्रप्रताप शाह,झरना थापा आफैंको पनि अभिनय रहने छ । र चलचित्रलाई नायिका झरना थापाले नै निर्देशन गर्नेछिन् । यूवापुस्ताको कथालाई चलचित्र ए मेरो हजुर २ ले देखाउने सुवानीले बताइन् । बसन्त सापकोटाले संगीत रहने उक्त चलचित्रको छायांकन चाडैं सुरु हुने पनि बताइएको छ ।

%d bloggers like this: