Tue. Apr 16th, 2024

विभिन्न देशहरुमा नेफ्टा अवार्ड सम्पन्न गरिसकेको चलचित्र प्राविधिक संघले यस पटक  हङकङको चारतारे होटल विपि इन्टरनेशनलमा सातौं नेफ्टा फिल्मी अवार्ड सम्पन्न गरेको छ । यस पटकको नेफ्टा अवार्डलाई रिद्धी सिद्धी ज्वेलर्सले ब्रान्ड ईन्डोर्सको रुपमा सहकार्य गरेको थियो । नेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस.के.थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघ संग सहकार्य गरि सो अवार्ड हङकङमा सम्पन्न भएको हो ।

nefta award (4)अवार्ड भब्य र सब्य भएको भन्दै चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले अर्को बर्ष यूकेमा अवार्ड आयोजना गर्ने बताए । सातौं नेफ्टा फिल्मी अवार्डलाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रत्येक बर्ष विभिन्न देशहरुमा अवार्ड आयोजना गरिरहेको हुदाँ अर्को बर्ष यूकेमा नेफ्टा अवार्ड आयोजना गर्ने घोषणा समेत गरेका छन् । मनोज केसीको सक्रियतामा विदेशका विभिन्न शहरहरुमा अवार्ड कार्यक्रम सम्पन्न भइसकेका छन् । यस बर्षको सर्वेत्कृष्ट नायक नायिकामा केकी अधिकारी र अर्पण थापा भएका छन् । सातौं नेफ्टा फिल्मी अवार्ड कुल ३४ विधामा वितरण गरिएको थियो ।

%d bloggers like this: