Thu. Apr 25th, 2024

एजेन्सी । अभिनेता आमिर खान ‘सत्यमेव जयते’को कारणले विवादमा तानिएका छन् । आमिरलाई हाई कोर्टका एडवोकेट मन्दीप कौर दीपले आफ्नो काउंसिल एडवोकेट दिलीप महाजनलाई नोटिस दिन पठाएका छन् । चण्डीगढ़का महिला एडवोकेट मन्दीप कौर दीपले बलीउड स्टार आमिर खानलाई उनको कार्यक्रम ‘सत्यमेव जयते’ का माध्यमले अपराधिक गतिविधिहरुलाई विस्तार गरेको भन्दै कानूनी नोटिस पठाएका हुन् ।

amir khanयो नोटिस आमिरले कार्यक्रमको क्रममा समलिंगी सम्बन्धमा भोटिङग गर्न लगाएकोमा दिइएको हो । यस नोटिसमा स्पष्ट गरिएको छ कि आमिर खान र शोका साथै सम्बन्धित स्टारपल्स च्यानल र अधिकारिहरुले २४ घण्टमा बिना कुनै शर्त माफी मग्नु पर्नेछ । यदि उनिहरुले यसो नगरेमा उनिहरु माथि कानूनी कार्वाही हुनेछ। नोटिसमा स्टार पल्स, आमिर खान र सत्यमेव जयतेलाई बिपक्षी बनाइएको छ । मन्दीप कौर दीपले भने कि आइतवार प्रसारित कार्यक्रम ‘सत्यमेव जयते’ का प्रस्तोता आमिर खानले नपुंसकहरू माथि हमदर्दी जताउन अपील गरेका थिए । यसका साथै आमिरले भने कि ‘गे’ र ‘लैसबियन’ लाई आदर गर्नुहोस । यसमा आमिरले आई।पी।सी।को धारा ३७७ मा संशोधन गर्नको लागि भोटिङग गराए । वकीलका अनुसार यस कार्यक्रम द्वारा आमिर र स्टार पल्सले जुन भोटिङग गराए त्यो कानून भन्दा वाहिरको कुरा हो ।

%d bloggers like this: