Thu. Apr 25th, 2024

निकै लामो समय देखी सबैको प्रतिक्षाको घडि बनिरहेको सातौं नेफ्टा फिल्मी अवार्ड आज हङकङको चारतारे होटल विपि इन्टरनेशनलमा हङकङको समय अनुसार रातको १:४५ बजे र नेपालको समय ११:२० मिनेटमा सम्पन्न भएको छ । नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा नेफ्टा अवार्ड सम्पन्न भएको हो ।  ‘रिद्धी सिद्धी सातौ नेफ्टा फिल्म अवार्ड’ लेखिएको कार्डलाई संचारमन्त्री, कलाकार तथा आयोजकले दर्शकमाझ प्रस्तुत गर्दै अवार्डको सुरुवात गरेका थिए । कुल ३४ विधामा वितरण गरिएको उक्त अवार्ड यस बर्ष चलचित्र धन्दाले हात पारेको छ ।

hhhhhhhhhhhhhhhhhhhhhhयस बर्ष चलचित्र धन्दाले सबैभन्दा बढि अवार्ड हात पार्न सफल भयो । उत्कृष्ट लेखक,सर्वोत्कृष्ट श्रृङ्गार,सर्वोत्कृष्ट नायक,सर्वोत्कृष्ट  फिल्म र सर्वोत्कृष्ट निर्देशक जस्ता अवार्डहरु चलचित्र धन्दाले हात परेको छ । झण्डैं ८ घण्टा लामो अवार्ड कार्यक्रममा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रदाञ्जली पनि दिइएको थियो भने नेपालका चर्चित कलाकारहरुले आफ्नो नृत्य र चर्चित गायक नायिकाहरुले आफ्नो गायन प्रस्तुत गरेका थिए । नेफ्टाले चर्चित नायिका करिश्मा मानन्धरलाई सदाबाहार नायिका,बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई महान संगीतकार,निर्मल राज पौडेललाई विज्ञापन गुरुको उपाधि दिदै सम्मान समेत गरेको छ । अभिनेता भुवन केसी  र एसएसपी रमेश खरेललाई ग्रेट पर्फेक्ट लिमिटेड र एनआरएन हङकङले सम्मान समेत गरेको थियो ।

nefta (1) nefta (2) nefta (3) nefta (4) nefta (5) nefta (6) nefta (7)

कस-कसले लगे सातौं नेफ्टा फिल्मी अवार्ड :-

उत्कृष्ट लेखक – अर्पण थापा (धन्दा)
सर्वोत्कृष्ट पटकथा – सुवर्ण थापा (सुनगाभा)
सर्वोत्कृष्ट संवाद – दीपकराज गिरी (छ एकान छ)
सर्वोत्कृष्ट श्रृङ्गार – निमा लामा (धन्दा)
सर्वोत्कृष्ट पहिरन – निलिमा शर्मा (वितेका पल)
सर्वोत्कृष्ट कला निर्देशक- हितमान गुरुङ (मौन)
सर्वोत्कृष्ट नृत्य निर्देशक-  रिनाशा राई (भिजा गल)
सर्वोत्कृष्ट द्वन्द्व निर्देशक – हिमाल केसी (वार)
सर्वोत्कृष्ट ध्वनी मिश्रण – दीप तुलाधर (प्रोड्यूसर)
सर्वोत्कृष्ट छायांकन – शैलेन्द्र डी कार्की (वधशाला)
सर्वोत्कृष्ट गीतकार – डाक्टर कृष्णहरी बराल (नाइ नभन्नु ल २ )
सर्वोत्कृष्ट संगीतकार – बसन्त सापकोटा (रिदम)
सर्वोत्कृष्ट पाश्र्व संगीत – एलिस कार्की (छ एकान छ)
सर्वोत्कृष्ट म्यूजिक एरेन्जर – नव क्रान्ती ब्यान्ड (मोक्ष)
सर्वोत्कृष्ट गायक पुरुष – स्वरुपराज आचार्य (रिदम)
सर्वोत्कृष्ट गायक महिला – मिलन अमात्य (नोटबुक)
सर्वोत्कृष्ट हाँस्य कलाकार – विल्सन विक्रम राई (प्रोड्यूसर)
सर्वोत्कृष्ट बाल कलाकार – अनुभव रेग्मी (नाई नभन्नु ल २)
सर्वोत्कृष्ट खलपात्र – झरना थापा (कोही त छ )
सर्वोत्कृष्ट चरित्र अभिनेता – दयाहाङ राई (साँघुरो)
सर्वोत्कृष्ट चरित्र अभिनेत्री – अरुणा कार्की (साँघुरो)
सर्वोत्कृष्ट सह-अभिनेता – सन्दिप क्षत्री (छ एकान छ)
सर्वोत्कृष्ट सह-अभिनेत्री- प्रियंका कार्की (नाइ नभन्नु ल 2)
सर्वोत्कृष्ट नव अभिनेता -गौरव पहारी (मञ्जरी)
सर्वोत्कृष्ट नव अभिनेत्री- पूजा शर्मा (मधुमाश)
सर्वोत्कृष्ट नव निर्देशक- सुरज भूषाल (मौन)
प्रोत्साहन पुरस्कार- स्वतन्त्र प्रताप शाह
पपुलर अभिनेत्री- नम्रता श्रेष्ठ
पपुलर अभिनेता -जीवन लुईटेल
पपुलर फिल्म- छ एकान छ
जुरी अवार्ड – मोक्ष
सर्वोत्कृष्ट नायक – अर्पण थापा (धन्दा)
सर्वोत्कृष्ट नायिका – केकी अधिकारी (बितेका पल)
सर्वोत्कृष्ट फिल्म -धन्दा
सर्वोत्कृष्ट निर्देशक – सुदर्शन थापा (धन्दा)
nefta award (1) nefta award (2) nefta award (3) nefta award (4) nefta award (5) nefta award (6) nefta award (7) nefta award (8) nefta award (9)

%d bloggers like this: