Tue. Apr 23rd, 2024

Captureरंग पत्रकार लक्ष्मण सुवेदीले पहिलो पटक निर्देशन गरेको चलचित्र एउटा साथीको हल ट्रेलर रिलिज भएको छ । कात्तिक १४ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र एउटा साथीको हल ट्रेलर निकै धमकेदार देखिएको छ । २ मिनेट ८ सेकेण्ड लामो हल ट्रेलरमा चलचित्रमा अभिनय गरेका सबै कलाकारहरुलाई देख्न सकिन्छ । प्रेम, मित्रता, विछोड र खुशीको कथा बोकेको चलचित्र एउटा साथीमा अनु शाह, सलोन बस्नेत, रिश्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । सुशील पंगेनीको लेखन रहेको फिल्ममा टंक बुढाथोकीको संगीत, राजेन्द्र खड्गीको दन्द र सुमन तण्डुकारको छायांकन रहेको छ।

एउटा साथीको हल ट्रेलरमा हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=1JCi1hRzz9w&feature=youtu.be

%d bloggers like this: