Tue. Mar 28th, 2023

4030_sunny-leoneपोर्नस्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनीलाई केहि दिन अगाडी मात्र सोधिएको थियो कि उनका पति डेनियल वेबरले उनलाई बिबाहको लागी कसरी राजी गरे भन्ने ? त्यस प्रश्नलाई सनी लियोनीले मुस्कुराउदै भनिन् ‘डेनियलले धेरै चकलेट र फूलहरु दिएर मलाई बिबाहको लागी राजी गराएका थिए ।”जब म आफ्नो दराज खोल्थे तब धेरै चकलेट र फूलहरुको गुच्छा देख्थे तर वरी परी कोहि पनि हुदैंन थिए ।’ ‘एक दिन मेरो सामु डेनियल आए र मलाई बिबाहको प्रस्ताब राखे त्यसपछि मैले पनि सोचे मेरो लागी यति धेरै खुसी दिन सक्नेले मलाई जिन्दगीभर खुसी राख्न सक्छ भन्ने लाग्यो त्यसपछि हाम्रो बिबाह भयो ।’ ‘मलाई अहिले सम्म मायाको कमी महशुस हुन दिनुभएको छैन्’-सनी लियोनीले बताइन् । यति बेला बलिउडमा सनी लियोनी कै चर्चा र परिचर्चा हुन थालेको छ । एकपछि अर्को गर्दै विभिन्न चलचित्रमा अभिनय गरिरहेकी सनी लियोनी अब पोर्न फिल्म नखेल्ने बताउदै आएकी छिन् ।