Fri. Apr 19th, 2024

नेपालमा प्राय अहिले महिना महिनामा विभिन्न सुन्दरी प्रतियोगिता भइरहेका हुन्छन् । त्यसैल पनि होला नेपालले अहिले धेरै मिस सुन्दरीहरु जन्माइसकेको छ । अब तिनै मिस सुन्दरीहरु विदेशका विभिन्न ठाँउहरुमा हुन लागेको अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगीतामा सहभागी हुने भएका छन् । हिजो काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगीतामा सहभागी हुन नेपालका मिस नेपालहरु सहभागी हुने बताइएको छ । मिस नेपाल ९वर्ल्ड० सुबिन लिम्बु, मिस नेपाल ‘अर्थ’ प्रिन्सा श्रेष्ठ र मिस नेपाल ‘इन्टरनेशनल’ सोनी राजभण्डारी अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगीतामा भाग लिन विदेशका विभिन्न शहरहरुमा जान लागेका छन् ।

pic-of-the-event‘मिस इन्टरनेशनल’को सुन्दरी प्रतियोगितामा सहभागिता जनाउन सोनी राजभण्डारी अक्टोबर २१ तारिख अर्थात मंगलवार जापानको तोकियो जाने भएकी छिन् । उक्त प्रतियोगिता आउदो नोभेम्बर ११ तारिखमा हुनेछ ।यस्तै नोभेम्बर २९ तारिखमा हुन लागेको ‘मिस अर्थ’प्रतियोगितामा सहभागिता जनाउन प्रिन्सा श्रेष्ठ अक्टोबर ३१ तारिख फिलिपिन्सको मनिला जाँदै छिन् । त्यस्तै अर्की सुन्दरी मिस नेपाल सुबिन लिम्बु डिसेम्बर १४ तारिखमा आयोजना हुने ‘मिस वर्ल्ड’मा भाग लिन नोभेम्बर १९ तारिख बेलायतको लण्डन तर्फ जाँदै छिन् । मिस वर्ल्डको ‘ब्युटी विथ अ प्रपोज’ एवार्डका लागि सुबिन लिम्बु प्राथमिक विद्यालयमा विद्यार्थीहरुको शिक्षा सम्बन्धि आयोजनामा केन्द्रित रहेकी छिन् । यसै आयोजनाका लागि उनी एक हप्ताका लागि प्राथमिक विद्यालयका विद्यार्थीहरुसँग काम गर्न सुदुर पश्चिम क्षेत्र बझाङ, दैलेख र शिबकोट जाने कार्यक्रम पनि रहेको आयोजक संस्थाले जारि गरिएको बिज्ञप्तीमा जनाइएको छ ।

%d bloggers like this: