Fri. Apr 26th, 2024

19_10_2014-19bangबलिउड बक्स अफिसमा यति बेला धमका मच्चिरहेको छ । पछिल्ला दिनहरुमा बलिउड बक्स अफिसमा धमका मच्चाउने चलचित्रहरु भित्रिरहेका छन् । किक,एक था टाईगर,चेन्नाई एक्सप्रेस,धुम ३ जस्ता सुपरहिट चलचित्रहरुले बलिउड बक्स अफिसमा धमका मच्चाएका छन् । त्यहि क्रममा अक्टुबर २ तारिकमा रिलिज भएको बलिउड चलचित्र बैंग बैंगले पनि यति बेला आक्रमक व्यापार गरिरहेको छ । प्रदर्शनमा आएको १५ दिनमा संसारभरबाट करिब ३२३ करोडको व्यापार बैंग बैंगले गर्न सफल भएको छ । जुन व्यापारले सलमान खानलाई समेत पछाडी छोडेको छ । सलमान खानको फिल्म एक था टाइगरले भारतबाट मात्र १९८ करोडको व्यापार गरेको थियो । एक था टाइगरले संसारभरबाट ३२० करोडको करोबार गरेको थियो तर उक्त व्यापारलाई बैंग बैंगले उछिनेको छ । बैंग बैंगले भारतबाट मात्र १७२ करोडको व्यापार गरेको थियो । बैंग बैंगमा रितिक रोशन र कैटरीना कैफको मुख्य भुमिका रहेको छ ।

%d bloggers like this: