Thu. Apr 18th, 2024

nai navannu la 3 (1)नाईँ नभन्नू ल ,नाईँ नभन्नू ल २ बाट अपार सफलता हात पारेपछि नाईँ नभन्नू ल २ को सिक्वेल चलचित्र नाईँ नभन्नू ल ३ को यति बेला धमाधम छायांकन कार्य सुरु भइरहेको छ । मुस्कान ढकालले निर्देशन गरिरहेको चलचित्र नाईँ नभन्नू ल ३ मा अहिले नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीको सट चलिरहेको निर्देशक ढकालले बताए ।

nai navannu la 3 (5)‘नाईं नभन्नू ल ३’ मा आर्यन र प्रियंकाको भागमा फिल्मको शिर्ष र अर्को एक गीतपनि परेको छ । तिहार अगाडी आर्यनको लगभग सट खिचेर सकिनेछ । काठमाडौंमा मात्र छायांकन हुने चलचित्र नाईँ नभन्नू ल ३ मा संचिता लुइँटेल, आर्यन सिग्देल, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संयम पुरी, अनुभव रेग्मी र आश्मा डिसी लगायतका कलाकारहरुको अभिनय रहने छ ।

nai navannu la 3 (2)चैत २७ गते प्रदर्शन हुन सक्ने मिति राखिएको चलचित्र नार्इँ नभन्नू ल ३ पारिवारिक प्रेमकथा समेटिएको चलचित्र रहेको चलचित्रका निर्माता विकास आचार्यले बताए । १ महिनामा चलचित्रको छायांकन सक्ने चलचित्र युनिटले बताएको छ ।

%d bloggers like this: