Thu. Apr 25th, 2024

सुनिल रावलको तेश्रो प्रोजेक्ट ‘होस्टेल रिटन्र्स’को यति बेला बुटवलमा धमाधम छायांकन कार्य भइरहेको निर्माता सुनिल रावलले बताए । दुर्गिश फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र होस्टेल रिटन्र्सको यति बेला धमाधम छायांकन कार्य भइरहेको छ । ‘सायद’ र ‘होस्टेल’ जस्ता हिट चलचित्र दर्शक माझ पस्किएका सनिलले यस चलचित्रले पनि दर्शकको मन जित्नेमा निकै विस्वस्त छन् ।

hostel returns (5)

‘चलचित्रको कथावस्तु उत्कृष्ट छ र यसलाई राम्रो बनाउँछौ’, सुनिलले भने चलचित्रलाई राम्रो बनाउने प्रयास गरिरहेका छौं । प्रत्येक चलचित्रमा नयाँ कलाकार भित्राउन माहिर सुनिलले चलचित्र होस्टेल रिटन्र्समा पनि सबै कलाकार नयाँ नै भित्राएका छन् । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, निर्मल शर्मा, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठ कलाकार रहेका छन् ।होस्टेलको जीवनशैली, मित्रता र प्रेमको कथा पेश गर्ने यस चलचित्रमामा स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माको संगीत हुनेछ । चलचित्रलाई २० दिनमा खिचिसक्ने लक्ष्य राखिएको छ ।

hostel returns (1) hostel returns (2) hostel returns (3) hostel returns (4)

%d bloggers like this: