Sat. May 4th, 2024

पछिल्लो समयमा बलिउडका कलाकारहरु नेपाल आउने क्रम बढ्दै गएको छ । केहि दिन अगाडी मात्र बलिउडका चर्चित नायक अमिर खान,जितेन्द्र जस्ता कलाकारहरु नेपाल आइसकेका छन् भने शुक्रबार मात्र बलिउड चलचित्र वीरकी नायिका जरीन खान पनि नेपाल आएकी छिन् । जरीन खान भने नेपाल भम्रण भन्दा पनि शनिबार काठमाडौंको होटल सोल्टीमा आयोजना भएको हटेस्ट फेशन इभेन्ट अफ् द इयरका लागी उनी नेपाल आएकी थिइन् ।

zarin-khan-fbउनले उक्त कार्यक्रममा आफ्नो मोहित शरिर सबै माझ देखाएकी थिइन् । बलिउडका निकै राम्री नायिका मानिन् जरीन खानले जब स्टेज अगाडी आफ्नो डिजाइन सबै माझ प्रस्तुत गरिन तब सबै जनाले जरीनलाई मात्र हेरिरहे । चर्चित फेशन डिजाइनर बिशाल कपुरले उनलाई रानी बनाएर सबै माझ प्रस्तुत गरेका थिए अर्थात जरीनलाई राम्रो बनाउन डिजाइनर बिशाल कपुरले निकै ठुलो मेहेनत गरेका थिए । जरीनको साथमा बलिउडका चर्चित मोडल एजाज खान पनि कार्यक्रममा देखिएका थिए । कार्यक्रममा बिजय लामा, निशा अधिकारी, रेश मरहट्टा, निलम चन्द, इशानी श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुन पुगथेका थिए । पनाच इभेन्टसले आयोजना गरेको बिग फेशन इभेन्ट आयोजनन भएको थियो ।

%d bloggers like this: