Fri. May 17th, 2024

lady-gaga-perfume-launch-london-एजेन्सी । पपस्टार लेडी गागाले आफ्नो करिअरको सुरुवातमा पुरुषहरूले गलत फाइदा उठाउने कोसिस गरेको आरोप लगाएकी छिन् । उनले करिअरको सुरुवाती चरणमा आफू शोषणको सन्निकट पुगेको उनले सार्वजनिक गरेकी हुन् । एक वेबसाइटमार्फत आफ्नो भनाइ खुलासा गर्दै २८ वर्षीया गागाले आफ्नो करियरको सुरुवातमा धेरै पुरुषसँग झगडा गर्नुपरेको बताएकी हुन् । ‘उनीहरू काम गर्ने बहानामा फाइदा उठाउन चाहन्थे । तिनलाई मैले पाठ सिकाउनुपरेको थियो,’ उनले दावी गरिन् । उनले हरेक पुस्ताले गायन क्षेत्रमा सुरुवाती चरणमा त्यस्ता अनुहारको सामना गर्नुपर्ने बताउँदै अहिले पनि यस्तै समस्या रहेको तर्फ संकेत गरिन् । आफ्नो तीता अनुभव स्मरण गर्दै उनले भनेकी छिन्, ‘मसँग कैयौँ नराम्रा घटना भए । पुरुषका साथ मेरो धेरै नराम्रा अनुभव रहे । उनीहरू मलाई स्टुडियोमा असहज महसुस गराउँथे । त्यही कारण मलाई आफ्नो गायन क्षमताप्रति नै वितृष्णा पैदा हुन्थ्यो ।’ उनले आफ्नो प्रतिभालाई बहाना बनाएर गलत फाइदा उठाउन खोज्नेहरुसँग संघर्ष गरेको स्मरण गरिन् ।

%d bloggers like this: