Thu. May 2nd, 2024

कात्तिक ३ गते हङकङमा आयोजना हुन लागेको सातौं नेफ्टा फिल्मी अवार्डका लागी ८२ जनाको अन्तिम जम्बो टोली आज दिउँसो ४:३० बजे त्रिभुवन विमानस्थलबाट हङकङ उडेको छ । हिजो मात्र ११ जनाको टोली हङकङ गएको थियो । सञ्चारकर्मी,कलाकार,निर्देशक,निर्माता,वितरक आदी गरि करिब ९३ जनाको जम्बो टोली हिजो र आज गरि हङकङ उडेको छ । सातौं नेफ्टा फिल्मी अवार्डबाट नायिका करिश्मा मानन्धरलाई सदाबाहार नायिका,बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई संगीत शिरोमणी र निर्माता,विज्ञापन निर्देशक निर्मलराज पौडेललाई विज्ञापन गुरुको नामबाट उपाधि दिइदैंछ भने नेपालका चर्चित कलाकारहरुले नृत्य साथैं गायक प्रस्तुत गर्दैछन् । सोहि क्रममा महानायक राजेश हमालले १० मिनेट लामो कविता बाचन गर्नेछन् ।

neftनेफ्टा अवार्डलाई रिद्धी सिद्धी ज्वेलर्सले ब्रान्ड ईन्डोर्सको रुपमा सहकार्य गर्दैछ । रिद्धी सिद्धी ज्वेलर्स हङकङमा हुने नेफ्टा अवार्डको मुख्य प्रायोजक हुने छ । कात्तिक १ गते अवार्डका लागि कलाकारहरु हङकङ जाने कार्यक्रम रहेको छ । कार्यक्रममा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र एनआरएन अध्यक्ष शेष घले बिशेष अतिथी रहने नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताए ।नेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस।के।थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघ संग सहकार्य गरि सो अवार्ड हङकङमा हुन लागेको हो । कात्तिक ३ गते हङकङमा हुने उक्त कार्यक्रममा करिब ९६ जना नेपाली कलाकारहरु हङकङ जाने छन् । त्यो व्यबस्था रिद्धी सिद्धी ज्वेलर्सले मिलाउने छ । यस संस्करणका लागि कुल ३४ विधामा मनोनयन सार्वजनिक गरेको छ । यस भन्दा अघि नेपाल चलचित्र प्रबिधिक संघका अध्यक्ष मनोज केसीको अध्यक्षतामा मलेसियामा नेफ्टा अवार्ड सम्पन्न भएको थियो । चलचित्रमा कार्यरत प्राविधिकहरुको हकहितमा लागी लड्दै आएकोे नेपाल चलचित्र प्रबिधिक संघले विभिन्न देशहरुमा यस अघि पनि नेफ्टा अवार्ड सम्पन्न गरिसकेको छ ।

%d bloggers like this: