Fri. Apr 19th, 2024

जंगबहादुर राणाको अन्तिम ३० दिनको कथामा निर्माण भएको चलचित्र सेतो बाघले सेन्सर बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको छ । प्रदर्शन मिति तय नभएको चलचित्र सेतो बाघ नोभेम्बर ८ तारिखका दिन अष्ट्रेलियाको मेलवर्न शहरमा प्रिमियरको हुन लागेको छ । जिन्दगीकै सबैभन्दा खुसीको क्षेण आज भएको बताउदै चलचित्रका निर्देशक निर शाहले सेन्सरले चलचित्र हेरेपछि दिएको प्रितिक्रियाबाट आफु निकै उत्साहित रहेको शाहले बताए ।

10696343_266555963541533_3234409323252348543_nडायमन शमशेर राणाको ऐतिहासिक उपन्यास माथि बनेको ‘सेतो बाघ’मा जंगबहादुर राणाको अन्तिम ३० दिनको कथालाई चलचित्र सेतो बाघले देखाउन खोजेको छ । ‘सेतो बाघ’मा ऐतिहासिक विषयवस्तु, प्रेम र दुश्मनीका कहानी, र सत्ताको लागि राणाभाइहरूबीच भएको षड्यन्त्रको कथा रहेको छ । जंगबहादुर राणाको भूमिका बिएस राणा छन् । त्यस्तै चलचित्रमा राजाराम पौडेल, रवि गिरी तथा पवन मैनालीको पनि अभिनय रहेको छ । अष्ट्रेलियामा चलचित्रको प्रिमियर देखाएपछि मात्र नेपालमा प्रदर्शन मिति तोकिने बताइएको छ ।

%d bloggers like this: