Thu. Apr 25th, 2024

kate-moseएजेन्सी । चेतना फैलाउन के गर्नुपर्ला ? शिक्षा सम्बन्धी कार्यक्रम, वा अन्य केही ? हो, चेतना जगाउन धेरै उपाय हुनसक्छन् । तर मोडल केट मोसले स्तन क्यान्सरसम्बन्धी सचेतना फैलाउन टू–पिसमा फोटो सुट गराएकी छिन् । एउटा बे्रस्ट स्क्रिनिङ सेन्टरका लागि रकम जुटाउन उनले बिकिनी लगाएर फोटो सुट गराएकी हुन् । केटले स्टेल म्याककार्टनी सिरिज कलेक्सनको अन्डरवेयर पहिरिएर फोटोसुट गराएकी एक वेबसाइटले जनाएको छ । उक्त फोटोसुटबाट भएको आम्दानीको केही हिस्सा एउटा बेलायती अस्पतालको ब्रेस्ट स्क्रिनिङ इकाईको कोषमा जान्छ । यसअघि विभिन्न अभिनेत्री तथा मोडलले यस्तै सामाजिक कार्यका लागि रकम जुटाउन चुम्बन बेच्नेदेखि नग्न फोटो सुट गराउने सम्मका काम गरेकी थिइन् । यस्तो यस्तो प्रयासले उनका प्रशंसकहरु बढेका छन् भने उनको उचाई चुलिएको छ ।

%d bloggers like this: