Sun. May 5th, 2024

धेरै आधुनिक गीतहरुमा संगीत भरेका तथा ५ दर्जन भन्दा बढि चलचित्रको गीतहरुमा संगीत दिएका संगीतकार,गायक चेतन सापकोटाले फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । फिल्मलाई कात्तिक ७ गते अलनेपाल रिलिज हुन लागेको चलचित्र लज्जाका निर्देशक नवल नेपालले निर्देशन गर्ने चेतनले मनोरञ्जनसंसार डटकमलाई बताए । नयाँँ बर्षको शुरूवातसँगै चलचित्रको छायंकन सुरु गरिने चेतनले खुलाए ।

chetanकेहि दिनमा नै चलचित्रको युनिट पक्का भए सगैं चलचित्रको नाम पनि सार्वजनिक गर्ने चेतनले बताएका छन् । चेतनको कथा तथा नवलको पटकथा र संवादमा निर्माण हुन लागेको चलचित्रमा चेतन आफैं निर्माता बन्ने भएका हुन् । चेतनलाई बेल्जियमका एनआरएन सहदेव गौतमले लगानीस्मा साथ दिने भएका छन् । चेतनका अनुसार आफुले निर्माता छवि ओझा सगँ सल्लाह लिई चलचित्र निर्माण गर्न लागेको बताए । पूर्वेली र पश्चिमेली युवायुवतीको प्रेमकथामा चलचित्र निर्माण हुने बताइएको छ ।

%d bloggers like this: