Sat. May 18th, 2024

jarin khanबलिउड कलाकारहरु पछिल्लो समयमा नेपाल भम्रण सगैं विभिन्न कामको शिलशिलामा नेपाल आउने क्रम बढ्दै गएको छ । केहि बर्ष यता मात्र बलिउडका चर्चित कलाकारहरु नेपाल आइसकेका छन् । त्यहि क्रममा बलिउड चलचित्र वीरकी नायिका जरीन खान नेपाल आइपुगेकी छिन् । आज दिउँसो साढे २ बजे मात्र उनी त्रिभुबन विमानस्थलमा आइपुगेकी थिइन् । शनिबार काठमाडौंको सोल्टी होटलमा आयोजना हुन लागेको बल्कबष्टर फ्याशन ईभेन्टस् पनास ग्यालेक्सी अफ स्टार नामक कार्यक्रमलागी जरीन खान नेपाल आएकी हुन् । जरिन खान सगँ भारतीय मोडल एवं कलाकार एजाज खान पनि साथमा आएका छन् । उनीहरुलाई बलिउड कष्ट्यूम डिजाईनर विशाल कपूर र स्वेता सिरोहियाका पहलमा नेपाल आएका हुन् । र्‍याम्प शो भोली शनिवार राति सात बजे देखि सोल्टी होटलमा हुँदैछ ।

%d bloggers like this: