Sat. May 4th, 2024

कात्तिक २१ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र सरी ल ले आज काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि पत्रकार माझ तिहार मनाएको छ । तिहारको शुभकामना आदन प्रदान गर्दै सरी ल चलचित्र युनिटले चलचित्रको एउटा प्रोमो र ३ वटा सार्वजनिक गीत पत्रकार माझ देखाएको थियो । चलचित्रको गीतमा आवाज भरेका गायक शिव परियारले चलचित्रको एउटा गीत गाएर कार्यक्रमको सञ्चालन गरेका थिए भने चलचित्रका नायक राजन अतिवडाले शिव परियारले गाएको गीतमा शरिर भरी कालो र सेतो रंग लगाएर उक्त रंग माथि सरी ल लेखिएको शरिर राजनले पत्रकार माझ देखाएका थिए ।

rajan-and-suabshचलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले चलचित्रलाई शुभकामना दिदैं दैसी समेत खेलेका थिए । त्यस्तै कार्यक्रममा चलचित्रका निर्देशक ऋषि लामिछानेले चलचित्र निकै राम्रो बनेको बताउदै चलचित्रलाई आम दर्शकले मन पराउने बताए । साथैं निर्देशक लामिछानेले तिहारको उपलक्ष्यमा सबैलाई शुभकामना पनि व्यक्त गरेका थिए । अञ्जु केसीको प्रस्तुतीमा कृष्ण बहादुर महर्जनले निर्माण गरेको चलचित्रको निर्देशन ऋषि लामिछानेले गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्र सरी ल मासुवास थापा, राजन अतिवडा र अनिता आचार्यको मुख्य भूमिका रहेको छ । चलचित्रमा अन्जु केसीको कथा, शिवम अधिकारीको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाँकन, बसन्त सापकोटा र शैलेस श्रेष्ठको संगीत, रोशन श्रेष्ठको द्धन्द निर्देशन, रबिन्द्र खड्काको सम्पादन र बब्बु थापाको कोरियोग्राफी रहेको छ । समसामयिक प्रेम सम्बन्धका बिषयमा तयार पारिएको चलचित्रले राम्रो व्यापार गर्ने निर्माण पक्षको दावी छ ।

%d bloggers like this: