Wed. Apr 24th, 2024

पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र आभाष यति बेला निकै चर्चामा छ । पछिल्लो समयमा चलचित्रको व्यापार सुस्ताइरहेको अबस्थामा आभाष चलचित्रले केहि राहात प्रदान गर्ने धेरैले विस्वास लिएका छन् । चलचित्रको पहिलो र्शीष गीत ‘यात्रा दोबाटोको’ यति बेला बजारमा चर्चा कमाउदै गएको छ ।

aavas 6काठमाडौं,पोखरा,जिरी,मुडे लगायतका स्थानमा छायंकन गरिएको चलचित्र आभाषको छायंकन पल निकै अविस्मरणी रहेको कलाकारहरुले बारम्बार बताउदै आएका छन् । चलचित्रका एक कलाकार संयम पुरीले भने ‘फिल्मको छायंकन कति बेला सकियो थाहा नै भएन,कहिले पनि अल्छी महशुस नै नभई चलचित्र आभाषको छायंकन सकिएछ’- पुरीले मनोरञ्जनसंसार डटकमलाई बताए ।

aavas 1त्यस्तै चलचित्रका अर्का कलाकार सलोन बस्नेतले ‘आफुहरुले पहिलो पटक हाईवे रोडमा गाडी चलाएको रमाइलो अनुभव बाड्दै चलचित्रको छायंकन निकै रमाइलो रहेको स्मरण गरे ।’ त्यस्तै चलचित्रकी नायिका आष्मा डिसीले ‘आफुलाई फिल्ममा अभिनय गर्नु भन्दा पहिले निकै डर थियो र चलचित्रमा अभिनय गर्न सक्दिन जस्तो लगेको थियो तर चलचित्र खेलिरहदाँ कहिले पनि त्यो पल नै आएनन् कि म पहिलो पटक चलचित्रमा अभिनय गरेको छु भन्ने ।’

aavasयसरी निकै रमाइलो ३५ दिन चलचित्रको छायंकनमा रहदाँ अविस्मरणी यादहरु संगालेका कलाकार,निर्देशक,निर्माताहरु यति बेला चलचित्रलाई लिएर निकै उत्साहित भएका छन् । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने गोविन्द शाही, पवन श्रेष्ठ र दिपक शाहीले चलचित्र आभाषलाई निर्माण गरेका हुन् ।

aavas 8चलचित्रमा निशा अधिकारी,संयम पुरी,आष्मा डिसी,सलोन बस्नेतको भुख्य भुमिका चलचित्रमा देख्न सकिन्छ भने सुनिल रावल, प्रकृती श्रेष्ठको पनि अभिनय चलचित्रमा देख्न सकिन्छ ।

aavasचलचित्रमा सुजेन्द्र ध्वज कार्की,घेतन गुरुङ,प्रकाश नेपाली र सुरेन्द्र पौडेलको संगीत रहेको छ भने चलचित्र आभाषमा छायंकन पुरुषोत्तम प्रधान,द्धन्द्ध चन्द्र पन्त,श्रृंगार सरोज बुढाथोकीको रहेको छ ।

%d bloggers like this: