Thu. Apr 25th, 2024

अक्टोवर २६ तारिख अर्थात कात्तिक ९ गते हकङकङमा हुन लागेको इन्फा अवार्डबाट चलचित्र झोलेलाई हटाइएको अवार्डका संयोजक तथा निर्देशक दिपक श्रेष्ठले जानकारी दिएका छन् । हिजो मात्र चलचित्र झोलेका निर्देशक दिपेन्द्र के खनाल र निर्माता टेकेन खड्काले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि अवार्डमा समावेश गरिएको चलचित्रको विभिन्न विधाबाट नाम हटाउन आग्रह गरेका थिए ।

nifaयदि तत्काल अवार्डको विभिन्न विधाबाट झोलेको नाम नहटाइए कानुनी उपचार खोज्ने समेत चेतावनी निर्देशक र निर्माताले दिएपछि आज मात्र इन्फा अवार्डको नोमिनेशनबाट झोलेलाई विभिन्न विधाको नोमिनेशनबाट नाम हटाइएको अवार्ड आयोजक समितिका संयोजक दिपक श्रेष्ठले जानकारी दिएका छन् । दिपकका अनुसार आफुहरुले स-सम्मानका साथ इन्फा अवार्डको नोमिनेशनबाट झोलेलाई हटाइएको जानकारी दिएका छन् । अब उक्त रिक्त ठाँउमा अर्को चलचित्र प्रतिस्पर्दामा राखिने पनि श्रेष्ठले बताए । कार्तिक ९ गते हुने उक्त इन्फा अवार्ड कार्यक्रम २० विधामा बितरण गरिने छ । चलचित्र झोले उत्कृष्ट गीतकार,उत्कृष्ट नृत्य निर्देशक,सर्वोत्कृष्ट पार्श्व गायन ९पुरुष०,सर्वोत्कृष्ट अभिनेत्री को नोमिनेशनमा परेको थियो ।

%d bloggers like this: