Thu. Apr 25th, 2024

कार्तिक ३ गते हङकङमा आयोजना हुन लागेको सातौं नेफ्टा फिल्मी अवार्डका लागी बिहिबार बेलुका पहिलो टोली हङकङ उडेको छ । अवार्डलाई सफल पार्न ११ जनाको टोली ४ दिन अगाडी हङकङ उडेका हुन् । चलचित्र प्राबिधिक संघका अध्यक्ष तथा नेफ्टाका अध्यक्ष मनोज केसी, अवार्डको नेपाल आयोजक कम्पनी एस.के. थापा प्रोडक्सनका अध्यक्ष सुनिल कुमार थापा, अभिनेत्री झरना थापा, अवार्ड संयोजक बाबुराम दाहाल, अवार्डको कृयाटिभ कार्य गर्दै आएका निर्देशक सुरेश दर्पण पोखरेल सहित नेफ्टाका केहि पदाधिकारी, सगरमाथा टेलिभिजनको टिम बिहीबार राती हङकङ उडेको हो । दोस्रो टोली भने कात्तिक १ गते हङकङ उड्ने छ ।

nefta (1)सातौं नेफ्टा फिल्मी अवार्डबाट नायिका करिश्मा मानन्धरलाई सदाबाहार नायिका,बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई संगीत शिरोमणी र निर्माता,विज्ञापन निर्देशक निर्मलराज पौडेललाई विज्ञापन गुरुको नामबाट उपाधि दिइदैंछ भने नेपालका चर्चित कलाकारहरुले नृत्य साथैं गायक प्रस्तुत गर्दैछन् । सोहि क्रममा महानायक राजेश हमालले १० मिनेट लामो कविता बाचन गर्नेछन् । नेफ्टा अवार्डलाई रिद्धी सिद्धी ज्वेलर्सले ब्रान्ड ईन्डोर्सको रुपमा सहकार्य गर्दैछ । रिद्धी सिद्धी ज्वेलर्स हङकङमा हुने नेफ्टा अवार्डको मुख्य प्रायोजक हुने छ ।

nefta (3)कात्तिक १ गते अवार्डका लागि कलाकारहरु हङकङ जाने कार्यक्रम रहेको छ । कार्यक्रममा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र एनआरएन अध्यक्ष शेष घले बिशेष अतिथी रहने नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताए ।नेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस.के.थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघ संग सहकार्य गरि सो अवार्ड हङकङमा हुन लागेको हो । कात्तिक ३ गते हङकङमा हुने उक्त कार्यक्रममा करिब ९६ जना नेपाली कलाकारहरु हङकङ जाने छन् ।

nefta (2)त्यो व्यबस्था रिद्धी सिद्धी ज्वेलर्सले मिलाउने छ । यस संस्करणका लागि कुल ३४ विधामा मनोनयन सार्वजनिक गरेको छ । यस भन्दा अघि नेपाल चलचित्र प्रबिधिक संघका अध्यक्ष मनोज केसीको अध्यक्षतामा मलेसियामा नेफ्टा अवार्ड सम्पन्न भएको थियो । चलचित्रमा कार्यरत प्राविधिकहरुको हकहितमा लागी लड्दै आएकोे नेपाल चलचित्र प्रबिधिक संघले विभिन्न देशहरुमा यस अघि पनि नेफ्टा अवार्ड सम्पन्न गरिसकेको छ ।

%d bloggers like this: