Fri. Mar 29th, 2024

Kate winslateएजेन्सी । हामी साधारण मान्छेलाई डन्डीफोर आएर दुख दिए पनि खासै चासोको विषय बन्दैन । तर पर्दामा देखिने कलाकारहरुलाई पेट दुखेको छ भने पनि त्यो निकै चासोको विषय बन्छ । मानिसलाई समस्या पनि अनेक किसिमको पर्दछ । नाँचेर खानेलाई खुट्टा नभएपछि समस्या हुनेभइहाल्यो । त्यस्तै नायिका तथा मोडललाई अनुहारमा समस्या भएपछि तनाव हुने त भइहाल्यो । यस्तै भएको छ हलिउडकी सफल अभिनेत्रीमा गनिने केट विन्सलेटलाई । उनको दूधजस्तो गोरो र बेदाग अनुहारमा अहिले डण्डीफोरले दुःख दिइरहेको छ । डण्डीफोरले आफ्नो सुन्दरतामा चुनौती दिएपछि अहिले उनी तनावमा छिन् । टाइटनिक, द रिडर, लिटिल चिल्ड्रेनजस्ता सुपरहित फिल्महरुमा काम गरेकी केटको अभिनयले मात्र होइन, उनको अनुहारको सुन्दरताले पनि धेरैलाई लट्ठ बनाएको थियो । ३९ वर्षमा हिंडिरहेकी केटले आफ्नो चिन्ता व्यक्त गर्दै भनिन्, ‘यो उमेरमा पनि मैले डन्डीफोरको सामना गर्नु परिरहेको छ । मेरो अनुहार खुनको धब्बा र डन्डीफोरले भरिएझैं देख्न थालेकी छु । साह्रै चिन्तित छु ।’

%d bloggers like this: