Thu. Apr 18th, 2024

7355_shandar-alia-bhबलिउडमा किस गर्न माहिर मानिने बलिउड अभिनेता इमरान हाशमीलाई किस गर्नमा बलिउड अभिनेत्री आलिया भट्टले टक्कर दिदै छिन् । किनकी आलियाको पहिलो फिल्मबाट नै उनले किस दिन थालेकी थिइन भने अहिले सम्म प्रदर्शनमा आएका सबै चलचित्रमा आलियाले चलचित्रका नायकलाई किस दिएको देख्न सकिन्छ । अब फेरी आलियाको निकै शानदार किस चलचित्र शानदारमा बलिउड अभिनेता शाहिद कपूरको साथ हुने भएको छ । विकास बहलले निर्देशन गर्न लागेको चलचित्र शानदारमा आलियाले शाहिद कपूलाई किस गर्ने दृश्य रहेको बुझ्नमा आएको छ । तर चलचित्रका निर्देशक विकासले भने यस विषयलाई खुलाउन चाहेका छैनन् । किनकी चलचित्रको छायंकन सुरु हुनुभन्दा पहिले नै यस विषयलाई लिएर आलिया र शाहिदको सम्बन्ध नराम्रो नहोस भन्ने हिसाबले चलचित्रका निर्देशकले यस विषयमा केहि बोल्न नचाहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

%d bloggers like this: