Fri. Apr 26th, 2024

पछिल्लो समयमा चलचित्रक्षेत्रमा लागेका कलाकर्मीहरुलाई सम्मान साथै प्रोत्साहान गर्ने हेतुले विभिन्न अवार्ड कार्यक्रमहरु आयोजना हुने गरेका छन् । तर केहि बर्ष देखी स्वदेशमा अवार्ड कार्यक्रम भन्दा पनि विदेशी भुमिमा अवार्ड कार्यक्रम हुने अहिले प्रचलन जस्तो नै बनिसकेको छ । त्यहि क्रममा नेफ्टा फिल्मी अवार्डले कात्तिक ३ गते हङकङ नेफ्टा फिल्मी अवार्ड आयोजना गर्न लागेको बखतमा अर्को फिल्मी अवार्ड इन्फा आयोजक समितिले पनि हङकङमै कात्तिक ९ गते अवार्ड कार्यक्रम गर्न लागेको छ । हिजो काठमाडौंको पाँचतारे होटल हायातमा पत्रकार सम्मेलन गरि इन्फाको उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक साथै अवार्ड मिति पनि सार्वजनिक गरिएको छ ।

nafaसुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा शुरु भएको इन्फा अवार्डको उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक तथा अवार्डको मिति सार्वजनिक कार्यक्रममा ‘इन्फा अवार्ड २०७०’ ले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट कुसुमे रुमाल , गोपीकृष्ण लगायतक सफल फिल्म निर्माण गरेका पुराना निर्माता उद्धव पौडेललार्इ सम्मानित गर्ने पनि बताइएको छ । पहिलो पटक आयोजना हुन लागेको इन्फा अवार्डबाट पुराना निर्माता उद्धव पौडेललार्इ नगद ५ लाख सहित सम्मान गर्न आयोजक समितिले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । इन्फा अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले ‘यस किसिमको अवार्डले नेपाली फिल्मको स्तर बढाउनुको साथै फिल्म र कलाकारलाई अन्तराष्ट्रियबजारमा लाने बताउदै अवार्डको सफलताको शुभकामना पनि दिएका थिए ।

nifaइन्फाले नेपाल क्लब हङकङसंग सहकार्य गर्दै आउदो अक्टुबर २६ मा हङकङ स्थित युगल थिएटरमा अवार्ड गर्न लागेको हो । कार्यक्रममा उत्कृष्ट ५ को नोमिनेशन मात्र सार्वजनिक गरिएन कि त्यहाँ उपस्थित सञ्चारकर्मी,कलाकारहरु माझ हास्यकलाकार जितु नेपाल र विल्सन विक्रम राइले हाँस्य प्रस्तुत गरेका थिए भने प्रियंका कार्की , नन्दिता केसी , केकी अधिकारी , यशराज ग्राच , नरेशवीर सिंह लगायतले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । कार्तिक ९ मा हुने यस अवार्डमा सहभागी हुने नयाँ तथा पुराना कलाकार तथा पत्रकार गरि ६० भन्दा बढी हङकङ जाने पनि बताइएको छ । २० विधामा बितरण गरिने ‘इन्फा अवार्ड २०७०’ को नोमिनेशन यस्तो रहेको छ ।

१.सर्वोत्कृष्ट फिल्म
नाई न भन्नु ल -२
छ एकान छ
महशुस
मोक्ष
होस्टेल

२. सर्वोत्कृष्ट निर्देशक
विकास आचार्य – नाई न भन्नु ल -२
दिनेश डिसी – छ एकान छ
नवल नेपाल – महशुस
सबिर श्रेष्ठ – काली
सुराह सुब्बा ‘नाल्बो’ – वितेका पल

३.सर्वोत्कृष्ट अभिनेता
आर्यन सिग्देल – महशुस
सौगात मल्ल – फिटकिरी
यश कुमार – वीर
किशोर खतिवडा – ढुवानी
अनुभव रेग्मी – नाई न भन्नु ल -२

४. सर्वोत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ – मौन
रेखा थापा – काली
प्रियंका कार्की – झोले
नीता ढुंगाना – छ एकान छ
केकी अधिकारी – महशुस

५.सर्वोत्कृष्ट सह अभिनेता
निर शाह – महशुस
सुरज सिंह ठकुरी – नाई न भन्नु ल -२
बाबु बोगटी – वितेका पल
श्याम राइ – प्रोड्युसर
सुवास थापा – तोरी लाहुरे

६.सर्वोत्कृष्ट सह अभिनेत्री
बसुन्धरा भुसाल – पराई
प्रियंका कार्की – नाई न भन्नु ल -२
नन्दिता केसी – पराई
बेनिषा हमाल – मोक्ष

७. सर्वोत्कृष्ट हास्यकलाकार
सिताराम कट्टेल – छ एकान छ
जय किसन बस्नेत – दुइ दुना पाच
विल्सन विक्रम राई – प्रोड्युसर
दिपक राज गिरि – छ एकान छ
सन्दीप क्षेत्री – छ एकान छ

८. सर्वोत्कृष्ट खलपात्र
सुवास थापा – किन किन
झरना थापा – कोहि त् छ
दयाहाङ राई – लोफ़र
मुकेश आचार्य – मुटु

९. सर्वोत्कृष्ट संगीतकार
बसन्त सापकोटा – नाई न भन्नु ल -२
सुरेश अधिकारी – महशुस
डम्बर नेपाली – बितेका पल
बसन्त सापकोटा – काली
अर्जुन पोखरेल – बिन्दास-२

nifa१०. सर्वोत्कृष्ट कथा

विकास आचार्य – नाई न भन्नु ल -२
प्रविन श्रेष्ठ – मोक्ष
नविन गौली र सुरज भुषाल – मौन
बिनोद पौडेल – साँघुरो
पिताम्बर पाण्डे – ढुवानी

११.सर्वोत्कृष्ट पटकथा तथा संवाद
विकास आचार्य – नाई न भन्नु ल -२
हेमराज विसी – होस्टेल
दिपक राज गिरि – छ एकान छ
सुरज सुब्बा ‘नाल्बो’ – वितेका पल

१२. सर्वोत्कृष्ट गीतकार
डा. कृष्ण हरि बराल – नाई न भन्नु ल -२ (मर्ने कसैलाई)
डा. कृष्ण हरि बराल – नाइँ न भन्नु ल (२ (यी आखामा)
प्रविन श्रेष्ठ – मोक्ष (खुल्ला आकासमा)
भुपेन्द्र खड्का – झोले (तिमिनै मेरो)
राम अविरल – बिन्दास-२ (सुन्छु तिमीले मलाइ)

१३. सर्वोत्कृष्ट पार्श्व गायन (पुरुष)
प्रेम परियार – नाइँ न भन्नु ल -२ (यी आखामा)
स्वरूप राज आचार्य – नाई न भन्नु ल -२ (मर्ने कसैलाई)
प्रल्हाद तिमल्सिना – काली (स्लोली स्लोली)
राजेश पायल राइ – झोले (तिमिनै मेरो)
शिव परियार – बिन्दास -२ (सुन्छु तिमीले मलाई)

१४.सर्वोत्कृष्ट पार्श्व गायन (महिला)
मिलन अमात्य – काली (स्लोली स्लोली)
दुर्गा परियार – महशुस (दिल चुप छ)
प्रकृति गिरि – वितेका पल (जब साँझ पर्छ)
दुर्गा खरेल – बिन्दास -२ (सुन्छु तिमीले मलाइ)
अन्जु पन्त – हो यहि माया हो (यति धेरै माया)

१५. सर्वोत्कृष्ट नव नायक
अनमोल केसी – होस्टेल
सलोन बस्नेत – होस्टेल
कोसिश क्षेत्री – मोक्ष
सुशांक मैनाली – साँघुरो
अभिनास गुरुङ – वितेका पल

१६. सर्वोत्कृष्ट नव नायिका
सुजाता कोइराला – मन्जरी
प्रकृति श्रेष्ठ – होस्टेल
सगुन शाही – ढुवानी
कोमल ओली – राजनीति
जश्मीन श्रेष्ठ – मेरो मनको साथी

१७. सर्वोत्कृष्ट द्वन्द
हिमाल केसी – वार
चन्द्र पन्त – काली
हिमाल केसी – वीर
राजेन्द्र खड्गी – नथीङ इम्पोसिबल

१८. सर्वोत्कृष्ट सम्पादन
अनन्त थपलिया – छ एकान छ
लोकेस बज्राचार्य – कर्कस
अन्जय खड्का – साँघुरो
सुरेन्द्र पौडेल – होस्टेल
प्रविन श्रेष्ठ – मोक्ष

१९. सर्वोत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – काली (स्लोली स्लोली)
कविराज गहतराज – लोफ़र (एकासी दुक्कासी)
साइमोन – प्रोड्युसर (तिम्रो आखाहरु)
रेनेशा राई – झोले (तिमिनै मेरो)

२०.सर्वोत्कृष्ट छायांकन
हरि लामा – वितेका पल
पुरुषोत्तम प्रधान – ढुवानी
दिव्या सुबेदी – महशुस
मोक्ष टिम – मोक्ष

%d bloggers like this: