Fri. Apr 26th, 2024

कात्तिक ७ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लज्जाको अर्को र्शीष गीत रिलिज भएको छ । छविराज प्रोडक्सनको ब्यानरमा नवल नेपालको निर्देशनमा निर्माण भएको चलचित्र लज्जाको ‘तिमी गीत हौ कि काहानी हौ’ नामक गीत रिलिज भएको हो । गीतमा नायक आर्यन सिग्देल र नायिका शिल्पा पोखरेलको निकै चोखा माया प्रेमलाई देखाउन खोजेको छ । सार्वजनिक गीतमा दिपक लिम्बु र जुनु काफ्लेको स्वर रहेको छ भने चेतन सापकोटाको संगीत रहेको छ । यस भन्दा अगाडी चलचित्र लज्जाको ‘मात लाग्यो मात लाग्यो’ र ‘के भयो भयो’ नामक गीत रिलिज भइसकेका छन् ।

lazzaउक्त गीतले यति बेला राम्रो प्रतिक्रिया बटुल्दै गएको छ । चलचित्र लज्जामा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवाला गौतम, कमलमणी नेपाल, कृष्ण गीरी, निराजन लुईटेल, सरोज बख्रेल, सागर लम्साल, लगायतको अभिनय रहेको छ । नवल नेपालले निर्देशन गरेको चलचित्र लज्जालाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा दिजेन्द्र शाक्यले पनि लगानी गरेका छन् । चेतन सापकोटाको संगीत ,कविराज गहतराजको नुत्य ,मदन कस्यप घिमिरेको छायांकन ,चन्द पन्तको एक्शन तथा अनन्त थपलियाको सम्पादन रहेको छ । एक यूवतीले घरदेखि कार्यलयसम्म सहनु पर्ने पीडालाई चलचित्र लज्जाले देखाउन खोजेको छ ।

सार्वजनिक भएको चलचित्र लज्जाको र्शीष गीत हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

http://www.youtube.com/watch?v=KkMJNiX-COg&feature=youtu.be

%d bloggers like this: